ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय लगानीकर्तालाई भवानी राणाको सुझावः ‘नेपालमा अब लगानी बढाउन ढिला नगर्नुहोस्’


admin
२३ चैत्र २०७४, शुक्रबार   ५ : २७   बजे

नयाँ दिल्ली, चैत्र २३ । नेपाल उद्योगी व्यवसायी महासंघकी अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गनुभएको छ । अध्यक्ष राणाले नेपालमा स्थिर सरकार बन्ने र प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहनुभएकोले भारतीय लगानीकर्ताहरूलाई नेपाल लगानीको लागि आग्रह गर्नु भएको हो ।

भारतिय उद्योगी व्यवसायीहरुको छलफलमा अध्यक्ष राणाले हामीसग रहेको अपार स्रोतहरुको अधिकतम उपयोग गर्ने सकिने हुनाले ढुक्क भएर नेपालमा लगानी गर्न आवहन गर्नु भएको हो । यस्तै अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयां शिराबाट अगाडी बढाउनु पर्ने बताउनु भयो ।

भारत अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले भनाइ थियो ।

आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडी बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतसगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको भन्दै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको सहयोगमा नेपालको समृद्धिको चाहनालाई पुरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल समेत गर्नु भएको थियो ।

महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष चण्डिराज ढकाल, पुर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल लगायतको टोली प्रधानमन्त्री ओली संग भारत भ्रमणमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रोत्साहन भत्ता: योगदानकै आधारमा वितरण हुनुपर्छ

कालीमाटी बजारमा आज कृषिउपजको थोक मूल्य निर्धारण

सम्बन्धित

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu