ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यारामोटर उडाउने सरोज चेपाङलाई मुख्यमन्त्रीको हौसला


admin
२३ चैत्र २०७४, शुक्रबार   ६ : ५७   बजे

चितवन, २३ चैत । प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट (मिनी जहाज) बनाउने तयारीमा जुटेका चितवन राप्ती नगरपालिकाका सरोज चेपाङको प्रतिभालाई प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रशंसा गर्नुभएको छ ।

चेपाङले निर्माण गर्न लागिएको मिनी जहाजको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पैसाको अभावमा कुनै काम नरोकिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भरतपुरमा आज सरोजसँग भेट गर्नुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, “तपाईंमा क्षमता छ, नआत्तिनुस्, निर्र्धक्क भएर काम गर्नुस्, पैसाको कारणले काम रोकिँदैन ।”

चितवन उद्योग संघको आयोजनामा आजदेखि शुरु औद्योगिक प्रदर्शनीमा सहभागी हुन मुख्यमन्त्री पौडेल चितवन आउनुभएको थियो । प्रदर्शनीको उद्घाटन समारोह सकिएपछि उहाँले चेपाङसँग भेट गर्नुभएको हो । प्रदर्शनीमा चेपाङको प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्टल उपलब्ध गराइएको छ ।

सो क्रममा प्रदेश नं ३ का उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले प्रतिभाको प्रशंसा गर्दै आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा सरोज चेपाङले भन्नुभयो, “हजुरहरु सबैले सहयोग गर्नुहोला, मसँग पैसा छैन ।” उहाँले पैसा भए मिनी एयरक्राफ्ट चार महिनामा उडाएर देखाउने दाबीसमेत गर्नुभयो ।

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीका सरोजले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर चैत ४ गते उडाउनुभएको थियो । ६ कक्षासम्म मात्रै अध्ययन गर्नुभएका सरोजले एक महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरिएको बताउनुभयो ।

प्यारामोटर निर्माण गर्न उहाँले मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लज, ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरिएको थियो ।

परीक्षणस्वरुप सरोजले उडाएको प्यारामोटर ४० मिनेटसम्म आकाशमै घुमेको थियो । आर्थिक अभावका कारण मिनी एयरक्राफ्ट निर्माणमा समस्या भएको उनकी आमा लीला प्रजाले बताउनुभयो । सरोज अहिले चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा प्यारामोटर र निर्माणाधीन मिनी एयरक्राफ्ट लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group