ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कवि वीरु वाङ्देललाई ‘जसराज किराती साहित्य पुरस्कार’


admin
२३ चैत्र २०७४, शुक्रबार   ७ : ०१   बजे

काठमाडौँ, २३ चैत । नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु-याएवापत भारत सिकिमका कवि वीरु वाङ्देललाई ‘जसराज किराती साहित्य पुरस्कार’बाट सम्मान गरिएको छ ।

जसराज किराती साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार वैरागी काइँलाले नगद रु ५० हजारसहित कदरपत्रद्वारा उहाँलाई सो सम्मान गरिएको हो ।

वाङ्देलका कविता संग्रहमा ‘सूर्य अघि उभिएको छायाँ’, ‘आहट मानेभञ्ज्याङ’, ‘एउटा सामाजिक उपन्यास’, ‘केही नक्षत्र हाम्रा’, ‘सिर्जनाका फूलहरु : इन्द्रेणीका रङहरु’ (जीवनी संकलन)लगायत दर्जनौँ कृति प्रकाशित छन् ।

सो अवसरमा साहित्यकार काइँलाले भारतका सिक्किम, दार्जिलिङलगायत स्थानमा बस्ने नेपाली मूलका विदेशीले नेपाली भाषाको विकास र प्रवद्र्धनमा सहयोग पु-याएकोमा खुशी व्यक्त गर्नुभयो ।
साहित्यकार डा विष्णु राईले खोटाङमा जन्मेका जसराज किरातीले ग्रामीण परिवेशलाई बिम्ब बनाई साहित्य सिर्जना गरेका कारण उहाँका शुभेच्छुकले उक्त प्रतिष्ठान गठन गरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा सक्रिय स्रष्टालाई पुरस्कार गर्ने नीति लिएको जानकारी गराउनुभयो ।

प्राज्ञ श्रवण मुकारुङ, साहित्यकार शशी लुमुम्बु लगायतले सम्मानित वाङ्देलका कृतित्वबारे प्रकाश पार्दै साहित्यले समाज सुधारका क्षेत्रमा सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu