ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?


एबीसी न्यूज
१२ माघ २०८२, सोमबार   ९ : १८   बजे

काठमाडौँ– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–६ यसपटक सामान्य निर्वाचन क्षेत्र रहेन। यहाँको प्रतिस्पर्धा दलहरूको शक्ति परीक्षण मात्र होइन, शहरी मतदाताको मनोविज्ञान र राजनीतिक दिशाको निर्णायक परीक्षा बनेको छ। प्रभावशाली नेताहरूको भीड, संगठनात्मक दबाब र विगतको अप्रत्यासित नतिजाले यो क्षेत्रलाई चुनावी नक्साको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक बनाइदिएको छ।

६७ हजार ७५९ मतदाता रहेको काठमाडौँ–६ शहरी राजनीति बुझ्नका लागि प्रयोगशाला जस्तै छ। लैनचौर, सामाखुसी, असन, महाबौद्ध, बागबजार र पुतलीसडकजस्ता घना बस्ती मात्र होइन, टोखा र तारकेश्वरका विस्तारोन्मुख क्षेत्रसमेत समेटिएकाले यहाँ परम्परागत पार्टी निष्ठा र नयाँ राजनीतिक धारबीच तीव्र टकराव देखिन्छ।

२०७९ सालको निर्वाचनमा रास्वपाका शिशिर खनालको जितले काठमाडौँ–६ को राजनीतिक चरित्र नै बदलिदियो। ठूला दलका संगठन र अनुभवी नेताहरूलाई उछिनेर आएको त्यो नतिजा असन्तुष्ट शहरी मतदाताको चेतावनी थियो। त्यसयता काठमाडौँ–६ ‘सुरक्षित क्षेत्र’ भन्ने दलहरूको भ्रम टुटेको छ।

नेपाली कांग्रेसका उम्मेदवार सबुजकृष्ण बानियाँका लागि यो चुनाव व्यक्तिगत जित–हारभन्दा धेरै ठूलो छ। जिल्ला सभापतिको हैसियतमा हार बेहोर्नु कांग्रेसको संगठनात्मक क्षयको प्रत्यक्ष सन्देश हुने भएकाले पार्टी नेतृत्वले यहाँ उच्च जोखिम लिएको छ। गगन थापाको सभापतित्वपछि पहिलो ठूलो शहरी परीक्षा यही क्षेत्र बनेको छ।

नेकपा एमालेका उम्मेदवार अमन मास्केले प्रदेशसभा र मन्त्री पद त्यागेर संघीय राजनीति रोज्नु आफैंमा राजनीतिक दाउ हो। विकास बजेट र स्थानीय पहुँच उनको बलियो पक्ष भए पनि शहरी मतदातामाझ ‘पुरानै अनुहार’ भन्ने आलोचना उनले झेल्नुपर्ने देखिन्छ। काठमाडौँ–६ एमालेका लागि विगत जोगाउने कि भविष्य गुमाउने भन्ने निर्णायक मोडमा पुगेको छ।

नेकपाका हिमाल शर्मा शहरी क्षेत्रमा पार्टीको उपस्थिति पुनःस्थापित गर्ने चुनौती बोकेर मैदानमा छन्। संगठनको सीमितता र प्रतिस्पर्धी दलको आक्रामक प्रचारका बीच शर्मा व्यक्तिगत परिचय र स्थानीय बसोबासलाई आधार बनाउँदैछन्। तर शहरी मतदाता फेरि पुरानै धारमा फर्किन्छ कि नयाँ विकल्प रोज्छ भन्ने प्रश्न अझै खुला छ।

रास्वपाका शिशिर खनाल यसपटक ‘सरप्राइज उम्मेदवार’ होइनन्। अघिल्लो निर्वाचनमा मौन समर्थन पाएका उनी अहिले प्रत्यक्ष मूल्यांकनको घेरामा छन्। पाँच वर्षे कार्यकालको प्रभाव, संसदमा देखिएको भूमिकाले मतदाता सन्तुष्ट भए कि भएनन् भन्ने प्रश्नले उनको जित–हार निर्धारण गर्नेछ।

राप्रपाका उद्धवराज भेटुवालको उम्मेदवारीले प्रतिस्पर्धालाई त्रिकोणात्मक मात्र होइन बहुकोणात्मक बनाएको छ। नयाँ अनुहार र युवा जोश भए पनि पार्टीको सीमित आधार उनको मुख्य चुनौती हो।

समग्रमा काठमाडौँ–६ को चुनाव व्यक्तिभन्दा बढी राजनीतिक प्रवृत्तिको टकराव हो—पुराना दल बनाम नयाँ शक्ति, संगठन बनाम असन्तुष्टि, विकास बजेट बनाम वैचारिक विश्वसनीयता। यहाँको नतिजाले काठमाडौं मात्र होइन, शहरी नेपालको आगामी राजनीतिक मार्गचित्र कोर्ने संकेत दिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

संघको विवादमा पब्जी खेलाडी, एसियाड खेल्ने अवसर गुम्ने जोखिम

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu