ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा


एबीसी न्यूज
१९ माघ २०८२, सोमबार   ३ : ४०   बजे

अध्यागमन कार्यालयले नियन्त्रणमा लिएपछि अनुसन्धान जारी

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजु राणा देउवा, महेश बस्नेत, विनोद चौधरी लगायतका चर्चित नेपाली नेताहरूको नाम दुरुपयोग गरेर अन्तर्राष्ट्रिय स्तरमा धन संकलन (फन्ड रेजिङ) गर्ने प्रयास गरेको आरोपमा एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

उक्त व्यक्तिले आफ्नो ‘नेपाल इन्टरनेसनल कलेज’ नामक संस्थाको वेबसाइटमा यी नेताहरूलाई ‘आवर डाइनामिक टिम’ को सदस्यका रूपमा उल्लेख गर्दै कलेजको परिचयमा दुरुपयोग गरेको अध्यागमन कार्यालयले जनाएको छ। अनुसन्धानका क्रममा कलेजको वेबसाइटमा कम्तीमा १३ जना नेपाली नेताहरू तथा प्रतिष्ठित व्यक्तिहरूको नाम ‘लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम’ मा राखिएको पाइएको छ।

कलेजले कोरियन स्टडिज, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिज जस्ता विषयहरू अध्यापन गर्ने दाबी गरेको थियो। वेबसाइटमा ‘एमओयू गारेन्टेड क्रिश्चियन कलेज’ भनेर प्रचार गरिएको थियो भने कोरियन भाषा विद्यालय खोल्ने घोषणा पनि गरिएको थियो।

यो अमेरिकी नागरिक सन् २०१४ देखि नियमित रूपमा नेपाल आउने जाने गरेको पाइएको छ। १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल भ्रमण गरेको उनले पर्यटक, वर्किङ तथा व्यावसायिक भिसामा बस्ने गरेको थियो। उनले ‘कमसीड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरी व्यावसायिक भिसा लिएका थिए।

अनुसन्धानमा उनको पृष्ठभूमि पनि खुलेको छ। सन् २००८ मा न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरेका उनी ‘द प्लान्टर’ संस्थामार्फत चर्च प्लान्टिङ गतिविधिमा संलग्न थिए। कोरियन मिसनरी संस्थासँग जोडिएका उनी २०२१ मा ग्लोबल एलाइन्स अफ वर्ल्ड प्रेस्बिटेरियन चर्च अन्तर्गत नेपालको नयाँ प्रेस्बिटेरियन परिषद्को अध्यक्ष समेत बनेका थिए।

उनले कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय दुवैसँग सम्बन्धन प्राप्त भनेर प्रचार गरेका थिए, तर एउटै कलेजले दुई विश्वविद्यालयसँग सम्बन्धन लिन नसक्ने कानुनी व्यवस्था छ। आधिकारिक प्रमाण पेश गर्न नसकेपछि यो दाबी झुटो साबित भएको छ।

यो घटनाले राजनीतिक नेताहरूको नाम दुरुपयोग गरी विदेशीहरूले नेपालमा शैक्षिक तथा धार्मिक संस्थाको आवरणमा ठगी तथा अन्य गतिविधि सञ्चालन गर्न सक्ने जोखिम उजागर गरेको छ। विशेष गरी अन्तर्राष्ट्रिय फन्डिङ ठगी, भिसा दुरुपयोग र धार्मिक प्रचारसँग जोडिएको यो प्रकरणले अध्यागमन नीति तथा विदेशी संस्था दर्ता प्रक्रियामा कडाइको आवश्यकता देखाएको छ।

अध्यागमन विभागले अनुसन्धान जारी राखेको छ। प्रभावित नेताहरू तथा सम्बन्धित पक्षबाट यसबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group