ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो


एबीसी न्यूज
२२ माघ २०८२, बिहिबार   ८ : ३९   बजे

काठमाडौं, २२ माघ । उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ ।आर्कटिकबाट आएको चिसो हावाको प्रभावका कारण असामान्य रूपमा धेरै हिमपात भएको अधिकारीहरूले बताएका छन् । सबैभन्दा बढी क्षति निआगाता र आओमोरी प्रिफेक्चरमा देखिएको छ । धेरैजसो मानिसको ज्यान घरको छतबाट हिउँ हटाउने क्रममा लडेर गएको खबरमा उल्लेख छ ।आपतकालीन सेवाहरू प्रभावित क्षेत्रसम्म पुग्न नसक्दा स्वास्थ्यकर्मीहरू पैदलै स्ट्रेचर बोकेर उद्धारमा खटिनु परेको छ । हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध छ । बुलेट रेल सेवासहित अधिकांश रेल सेवा बन्द छन् र विद्यालयहरू पनि बन्द गरिएका छन् ।सरकारले तापक्रम बढेसँगै हिउँ पग्लिँदा पहिरो र चिप्लो सतहका कारण थप जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । आउँदो हप्तामा अझै ठूलो हिमपातको पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group