ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार


एबीसी न्यूज
२४ माघ २०८२, शनिबार   ९ : ३३   बजे

काठमाडौं, २४ माघ । भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गरेको छ।

बीबीसीका अनुसार पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवलाई १९९५ को एक मुद्दाका सम्बन्धमा पटना प्रहरीले शुक्रबार राति उनको मन्दिरी निवासबाट गिरफ्तार गरेको हो।

पटनाका एसपी सिटी भानु प्रताप सिंहले भने, ‘यो सन् १९९५ को मुद्दा हो। भारतीय दण्ड संहिताको धारा ४१९ (झुटो पहिचान देखाएर ठगी), ४२० (ठगी र बेइमानीपूर्वक सम्पत्ति हस्तान्तरण गर्न प्रेरित गर्ने), ४६८ (ठगीको उद्देश्यले जाली कागजात बनाउने), ४४८ (घरमा घुसपैठ), ५०६ (आपराधिक धम्की) र १२०बी (आपराधिक षड्यन्त्र) अन्तर्गत पक्राउ गरिएको छ।’

उनका अनुसार यो गरदानीबाग प्रहरी चौकीमा जाहेरीपछि अदालतमा मुद्दा चलिरहेको छ। जसमा सांसद यादव उपस्थित हुन आवश्यक थियो, तर उनी निर्धारित मितिमा उपस्थित भएनन्। त्यसैले उनलाई पक्राउ गरिएको हो।

सुरुमा पप्पु यादवले रातको कारण देखाउँदै प्रहरीसँग जान अस्वीकार गरेका थिए। तर पनि प्रहरीले अबेर राति पक्राउ गरेको हो।

केही दिनअघि पटनाको विशेष अदालतले लगभग ३१ वर्ष पुरानो मुद्दामा सांसद पप्पु यादवसहित तीन अभियुक्तको सम्पत्ति जफत गर्न आदेश दिएको थियो।

विनोद बिहारी लालले आफ्नो घर जालसाजीपूर्वक भाडामा लिइएको आरोप लगाउँदै उनीहरूविरुद्ध पटनाको गरदानीबाग प्रहरी चौकीमा जाहेरी दर्ता गराएका थिए।

उनको घर पप्पु यादवको कार्यालय सञ्चालनका लागि प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu