ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प (तस्बिरहरू)


एबीसी न्यूज
२७ माघ २०८२, मंगलबार   ५ : ५१   बजे

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘भोकमुक्त नेपाल’ निर्माणलाई केन्द्रीय राष्ट्रिय सङ्कल्पका रूपमा अघि सारेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई एक–आपसमा जोडेर समाजवाद उन्मुख समृद्ध नेपालको मार्गचित्र प्रस्तुत गरिएको छ ।

‘तारा’ चुनाव चिह्नसहित निर्वाचन मैदानमा उत्रिएको नेकपाले ‘सुशासन र रोजगारी—समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले विगतका सबै ठूला राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक अवस्था बदल्ने ऐतिहासिक दायित्व पनि आफ्नै काँधमा रहेको उल्लेख गरेको छ ।

राजनीतिक स्थिरता र शासकीय सुधार

घोषणापत्रमा राजनीतिक अस्थिरतालाई विकासको प्रमुख अवरोधका रूपमा चित्रित गर्दै शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव गरिएको छ । विद्यमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको ठहर गर्दै त्यसमा व्यापक सुधार गरिने उल्लेख छ ।

‘जेन–जी पुस्ताको आकांक्षा र मुलुकको आवश्यकता अनुरूप शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरिनेछ,’ घोषणापत्रमा भनिएको छ । यसअन्तर्गत मन्त्रिपरिषद्को आकार २५ जनामा सीमित गर्ने, सांसदहरूलाई पूर्ण रूपमा विधायकी भूमिकामा केन्द्रित गर्ने र सङ्घीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोतको स्पष्ट बाँडफाँट गर्ने योजना अघि सारिएको छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको आधार

नेकपाले सुशासनलाई विकासको मूल प्रस्थानविन्दु मानेको छ । सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमासहित अधिकारसम्पन्न ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिबद्धता गरिएको छ ।

भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ स्थापना गर्ने तथा डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई फेसलेस र पेपरलेस बनाइने उल्लेख छ । पार्टीले भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ ।

आर्थिक रूपान्तरण : दोहोरो अंकको वृद्धि र रोजगारी

आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर (१० प्रतिशतभन्दा माथि) हासिल गर्ने नेकपाको महत्वाकाङ्क्षी लक्ष्य छ । हाल २०.१५ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई घटाएर ५ प्रतिशतमा झार्ने योजना घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने, वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने तथा उत्पादन लागत घटाई स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको छ ।

‘भोकमुक्त नेपाल’ : कृषि र भूमि सुधारको केन्द्रिय एजेन्डा

नेकपाको घोषणापत्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष ‘भोकमुक्त नेपाल’ को सङ्कल्प हो । आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै दुई वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य लिइएको छ ।

किसानलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन किसान पेन्सनको व्यवस्था, कृषि उत्पादनको समर्थन मूल्य अग्रिम रूपमा घोषणा, कृषि बीमाको पूर्ण ग्यारेन्टी तथा आधुनिक प्रविधिमा आधारित कृषि प्रणाली विकास गर्ने प्रतिबद्धता गरिएको छ ।

यससँगै दुई वर्षभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्वासीमुक्त राष्ट्र घोषणा गरिने उल्लेख छ । पार्टीका अनुसार खाद्य सुरक्षा, किसानको सम्मानजनक जीवन र आत्मनिर्भर कृषि नै ‘भोकमुक्त नेपाल’ को आधार हो ।

नि:शुल्क स्वास्थ्य, गुणस्तरीय शिक्षा र खेलकुद

स्वास्थ्य सेवालाई पूर्ण रूपमा नि:शुल्क र मौलिक हकका रूपमा कार्यान्वयन गर्ने नीति घोषणापत्रमा समेटिएको छ । वि.सं. २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने, गरिब तथा विपन्न वर्गको बीमा प्रिमियम राज्यले व्यहोर्ने र नसर्ने रोगहरूको उपचार समुदायस्तरमै उपलब्ध गराउने योजना छ ।

शिक्षातर्फ ‘एक पालिका, एक स्मार्ट विद्यालय’ को अवधारणा अघि सारिएको छ । विश्वविद्यालय र शैक्षिक संस्थामा राजनीतिक भागबण्डा अन्त्य गरी योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्ति प्रणाली लागू गरिने उल्लेख छ ।

खेलकुदलाई समृद्धिको आधार मानेर खेलाडीको पुरस्कार राशि दोब्बर बनाउने र ५० हजार दर्शक क्षमताको स्मारक राष्ट्रिय रंगशाला निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

पूर्वाधार, ऊर्जा र पर्यटन विकास

आगामी पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति विद्युत् खपत ७५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य लिइएको छ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, काठमाडौँमा मेट्रो रेल सञ्चालन गर्ने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सम्पन्न गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।

पर्यटन क्षेत्रमा स्मार्ट टुरिज्म र इको–टुरिज्म प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय वेडिङ डेस्टिनेसन र हिल स्टेशन हबका रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

सामाजिक न्याय, समावेशिता र परराष्ट्र नीति

दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन गर्ने र जातीय छुवाछुतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने नेकपाको सङ्कल्प छ ।

परराष्ट्र नीतिमा असंलग्नतालाई सुदृढ गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने तथा राष्ट्रिय हितलाई सर्वोपरि राख्ने स्पष्ट प्रतिबद्धता गरिएको छ ।

समग्रमा, नेकपाको प्रतिबद्धतापत्रले ‘भोकमुक्त नेपाल’ लाई केन्द्रमा राख्दै सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायमार्फत समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण गर्ने दीर्घकालीन खाका प्रस्तुत गरेको छ, जसलाई पार्टीले आगामी निर्वाचनको मुख्य राजनीतिक एजेन्डा बनाएको छ ।

तस्बिरहरू:

nekapa-(4)-1770725088.jpg
nekapa-(5)-1770725088.jpg
nekapa-(2)-1770725087.jpg
nekapa-(1)-1770725087.jpg

nekapa-(3)-1770725087.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group