ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ


एबीसी न्यूज
२८ माघ २०८२, बुधबार   ५ : ३८   बजे

विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान सुरु

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत बैंक कारोबारसम्बन्धी अनुसन्धानमा रहेका कागजात सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालमार्फत प्रहरी अनुसन्धानको दायरामा रहेका बैंकिङ कागजातहरू सार्वजनिक गरेका थिए। उक्त सामग्री सार्वजनिक भएपछि सम्बन्धित पक्षबाट उजुरी परेपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

डीएसपी सिंहका अनुसार सामाजिक सञ्जालमा पोष्ट गरिएका सामग्रीले घृणा तथा द्वेष फैलाउने, व्यक्तिको गोपनीयता भंग गर्ने र अनुसन्धान प्रक्रियामा असर पार्ने प्रकृतिको भएको उजुरी प्राप्त भएको थियो। “सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको विषयमा उजुरी परेपछि नियन्त्रणमा लिइएको हो,” उनले भने, “भट्टराईमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।”

प्रहरीले भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सार्वजनिक गरिएका कागजातहरू संवेदनशील प्रकृतिका रहेको र ती सामग्री कसरी प्राप्त गरियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।

प्रहरीका अनुसार भट्टराई यसअघि पनि सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूमाथि आरोप–प्रत्यारोप लगाउने र चरित्रहत्या गर्ने प्रकृतिका सामग्री पोस्ट गर्ने गरेको गुनासो आएको थियो। यसपटक भने अनुसन्धानाधीन वित्तीय कागजात सार्वजनिक गरिएकाले कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

घटनापछि जिल्लाको राजनीतिक वृत्तमा पनि चासो बढेको छ। सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको सन्तुलनबारे बहस सुरु भएको छ। कानुनविद्हरूका अनुसार अनुसन्धानको चरणमा रहेका संवेदनशील कागजात सार्वजनिक गर्नु कानुनी रूपमा गम्भीर विषय हुन सक्छ, तर यसमा अभिव्यक्ति स्वतन्त्रताको दायरा र नियत पनि मूल्यांकनको विषय बन्नेछ।

प्रहरीले अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group