ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरबाट कांग्रेसले चुनावी बिगुल फुक्ने, फागुन ६ मा सार्वजनिक गर्दै प्रतिज्ञापत्र


एबीसी न्यूज
३ फाल्गुन २०८२, आइतबार   ५ : ५९   बजे

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि तयार पारेको आफ्नो प्रतिज्ञापत्र मधेश प्रदेशको जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ। यसअघि आइतबार पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको भए पनि अन्तिम समयमा स्थान परिवर्तन गर्दै जनकपुरबाटै औपचारिक घोषणा गर्ने निर्णय गरिएको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना हुने बृहद् चुनावी सभामै प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ। उनले जानकारी दिएअनुसार निर्वाचन आयोगमा भने तोकिएको समयसीमाभित्रै प्रतिज्ञापत्र बुझाइनेछ।
कांग्रेसले सोही दिनबाट मधेश प्रदेश केन्द्रित चुनावी अभियानको औपचारिक सुरुआत गर्ने तयारी गरेको छ। जनकपुरबाट घोषणापत्र सार्वजनिक गर्नु राजनीतिक रूपमा अर्थपूर्ण कदम मानिएको छ, किनकि मधेश प्रदेश प्रतिनिधि सभा निर्वाचनमा निर्णायक मानिन्छ। यहाँ पहिचान, समावेशिता, संघीय अधिकार, रोजगारी, नागरिकता र विकासका मुद्दा मुख्य एजेन्डाका रूपमा उठ्ने गरेका छन्।
यसैबीच, निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई घोषणापत्र पेश गर्न समयसीमा तोकेको छ। कांग्रेसले आइतबार नै आयोगमा प्रतिज्ञापत्र दर्ता गराउने जनाएको छ।
पार्टी स्रोतका अनुसार प्रतिज्ञापत्रमा आर्थिक सुधार, रोजगारी सृजना, सुशासन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, युवा उद्यमशीलता तथा संघीयताको प्रभावकारी कार्यान्वयनका प्रतिबद्धता समेटिएका छन्। साथै भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई सहज बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
जनकपुरबाट चुनावी अभियान सुरु गर्दै प्रतिज्ञापत्र सार्वजनिक गर्नु कांग्रेसको मधेश केन्द्रित रणनीतिक सन्देशका रूपमा हेरिएको छ। आगामी निर्वाचनमा मधेश प्रदेशका सिटहरू राष्ट्रिय सत्ता समीकरणमा निर्णायक बन्न सक्ने भएकाले कांग्रेसको यो कदमलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group