ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा


एबीसी न्यूज
९ फाल्गुन २०८२, शनिबार   ९ : ०१   बजे

काठमाडौं, ९ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन् ।

बीबीसीका अनुसार ट्रम्पले ‘सेक्सन १२२’ नामक अहिलेसम्म प्रयोग नगरिएको कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्मको ट्यारिफ केही दिनका लागि लागू गर्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकासँग यसअघि व्यापार सम्झौता गरेर ट्यारिफ दर घटाएका देशहरू अब पुरानै सहमतिभन्दा फरक १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन् । यसमा बेलायत, भारत र युरोपेली संघलगायतका देश समावेश छन् ।

ती देशहरूले भने सम्झौताअनुसार दिएका सहुलियतहरू यथावत् पालना गर्नुपर्ने ट्रम्प प्रशासनको अपेक्षा रहेको बीबीसीले जनाएको छ ।

नेपालमा कस्तो असर?

नेपाल र अमेरिकाबीच ठूलो परिमाणको द्विपक्षीय व्यापार नभए पनि अमेरिका नेपाली वस्त्र, तयारी पोशाक, हस्तकला तथा केही कृषि–उत्पादनको प्रमुख बजारमध्ये एक हो । विशेष गरी नेपाली गलैंचा, पस्मिना, हस्तनिर्मित सामान र केही गार्मेन्ट उत्पादन अमेरिका निर्यात हुने गरेको छ ।

यदि अमेरिकाले सबै देशमाथि समान १० प्रतिशत अतिरिक्त ट्यारिफ लगायो भने नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता घट्न सकछ ।

भारत, बंगलादेश वा भियतनामजस्ता प्रतिस्पर्धी देशका उत्पादनमाथि पनि समान दर लागे पनि मूल्य संवेदनशील बजारमा सानो शुल्क वृद्धिले समेत निर्यात घट्न सक्ने जोखिम हुन्छ ।

यद्यपि, नेपालले अमेरिकासँग पाउने केही विशेष व्यापारिक सुविधा कायम रह्यो वा रहेन भन्ने विषय स्पष्ट भइसकेको छैन ।

व्यापार तथा निर्यात क्षेत्रसँग सम्बद्ध अधिकारीहरूका अनुसार, “विश्वव्यापी दर” लागू भएमा त्यसले साना अर्थतन्त्रलाई पनि असर गर्न सक्छ, तर अन्तिम प्रभाव अमेरिकाको कार्यान्वयन ढाँचामा निर्भर रहनेछ।

ट्रम्पको यो घोषणाले गत वर्ष अमेरिका र विभिन्न देशबीच भएका व्यापार सम्झौताहरूको भविष्य अन्योलमा परेको छ। अमेरिकी नीति परिवर्तनले विश्व व्यापार प्रणालीमै अस्थिरता निम्त्याउने विश्लेषण भइरहेको छ।

नेपालजस्ता विकासशील मुलुकका लागि भने यस्तो नीति परिवर्तनले निर्यात रणनीति पुनरावलोकन गर्नुपर्ने संकेत दिएको छ। अब अमेरिकी प्रशासनको औपचारिक निर्णय र त्यसपछिको कार्यान्वयनले मात्र वास्तविक प्रभाव स्पष्ट पार्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu