ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह


एबीसी न्यूज
३० चैत्र २०८२, सोमबार   ६ : ०४   बजे

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक प्रयोगशाला मात्र बनेको टिप्पणी गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय राजनीति र शासन प्रणालीमा भएका अनेकन फेरबदलले देशलाई प्रगतिको पथमा लैजानुको साटो पछाडि धकेलेको टिप्पणी गरे ।राजनीति, राज्यपद्धती र शासन प्रशासनको प्रणालीमा भएका हेरफेरले कोरा परिवर्तन मात्रै भएको तर राष्ट्रको श्रीवृद्धिमा पछि परिएको उनको भनाइ छ । ‘हामी सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्यौँ ।

फलस्वरुप देश प्रयोगशाला मात्रै बन्यो ।’ उनले भने ।शुभकामना सन्देशमा पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपालले वाञ्छित विकास गर्न नसकेको र नेपालीको मनोभावना पनि निराशाजनक रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “राजनीति, राज्य पद्धति र शासन प्रशासनमा धेरै हेरफेर हेर्‍यौँ, कोरा परिवर्तन मात्र भयो। राष्ट्रको श्रीवृद्धिमा हामी पछि पर्‍यौँ। सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो ।”शुभकामना सन्देशमा उनले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई उनले उत्साहको विषय भएको बताएका छन् । उनले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका युवाहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।


देश चौतर्फी समस्याको चाङमा रहेको बताउँदै पूर्वराजा शाहले अहिलेको प्राथमिकता राष्ट्रिय हितमा हुनुपर्नेमा जोड दिए । उनले भने, “देशको आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकी र बाह्य मित्रशक्तिसँगको सहयोग र सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।”

उनले आन्तरिक सुरक्षा प्रणाली नाजुक रहेको भन्दै देशलाई जोगाउन र नागरिकलाई शारीरिक, मानसिक तथा भौतिक सुरक्षाको अनुभूति दिलाउन राज्यको गम्भीर ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याए । निषेध, फुट, द्वन्द्व र विग्रहले राष्ट्रलाई कमजोर बनाउने बताउँदै उनले परस्परको सद्भावमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group