ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष राजभण्डारीद्वारा राजीनामा


admin
२५ चैत्र २०७४, आइतबार   ७ : ४४   बजे

चितवन, २५ चैत । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आज राजीनामा दिनुभएको छ ।

गत पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त हुनु भएका राजभण्डारीले अवधि छँदै राजीनामा दिनुभएको हो ।

उहाँले अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वको बीचमा कार्यसम्पादन गर्ने सिलसिलामा असमझदारी बढेको भन्दै राजीनामा दिनुभएको हो ।

राजभण्डारीले मन्त्रालयले अस्पताल विकास समितिको दैनिक एवं स्वभाविक क्रियाकलापमाथि ठाडो हस्तक्षेप गरेकाले कार्यसम्पादनमा असहजता महसुस गरी राजीनामा दिएको बताउनुभयो ।

सरकारलाई आगामी दिनमा आफू अनकूल कार्य सम्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आफूले मार्गप्रशस्त गर्दै आजैका मितिदेखि लागू हुने गरी अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएको जनाउनुभएको छ ।

अस्पतालमा अध्यक्ष भएसँगै अस्पतालले मेडिकल कलेजलाई भाडामा दिएको जग्गाको भाडा पुनरावलोकन गर्ने अडान लिँदै आउनुभएका राजभण्डारीलाई पछिल्लो समय मेडिकल कलेजको अनुकूल हुने गरी भाडा समायोजन गर्न दबाब बढेपछि उहाँले राजीनामा दिएको बताइएको छ ।

राजभण्डारीको १५ महिने कार्यकालमा महत्वपूर्ण कार्य भएका छन् । उहाँले अस्पतालबाट बैठक भत्ताबापत प्राप्त रकम पनि अस्पतालमै रहेको गरिब तथा विपन्न नागरिक कोषमा जम्मा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group