ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु


एबीसी न्यूज
१६ बैशाख २०८३, बुधबार   ९ : ०३   बजे

काठमाडौं, १६ वैशाख । बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु
भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ । स्थानीय एक ग्रामीण बैँकले आफ्नी मृत बहिनीको खातामा रहेको रकम भुक्तानी दिन अस्वीकार गरेपछि एक व्यक्तिले चिहान खनेर बहिनीको अस्थिपञ्जर नै बैँक पुर्‍याएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार, केन्दुझार जिल्लाको डियानाली गाउँका ५० वर्षीय जितु मुण्डाले आफ्नी बहिनी कालरा मुण्डाको खातामा रहेको १९ हजार ३०० भारु निकाल्न पटक–पटक बैँक धाउनुभयो । तर, बैँकका कर्मचारीले खातावालालाई नै उपस्थित गराउनुपर्ने अडान राख्दै उहाँलाई रित्तो हात फर्काउने गरेका थिए ।जितुले आफ्नी दिदीको मृत्यु भइसकेको जानकारी दिँदा समेत बैँक प्रशासनले पत्याउनुको साटो उल्टै प्रमाणका रूपमा खातावालालाई नै उपस्थित गराउन दबाब दिएपछि पीडित मुण्डाले यो कदम चालेका हुन् । करिब दुई महिनाअघि मृत्यु भई गाडिएकी बहिनीको कङ्काल चिहानबाट निकालेर उहाँले बैँकको गेटमा पुगेपछि स्थानीय प्रशासन र प्रहरीमा खैलाबैला मच्चिएको थियो ।

अशिक्षित र विपन्न वर्गका मुण्डाले मृत्युदर्ता र कानुनी हकवालाको प्रक्रियाका बारेमा अनभिज्ञ रहेका कारण कर्मचारीको व्यवहारबाट आजित भएर कङ्काल नै प्रमाणका रूपमा पेस गर्नुपरेको बताउनुभएको छ । घटनाको जानकारी पाउनासाथ पटना प्रहरी चौकीका अधिकारी घटनास्थल पुगेर जितुलाई सम्झाइबुझाई गरेका थिए ।

प्रहरीको हस्तक्षेपपछि बैँक प्रशासनले प्रक्रिया सहज बनाउने आश्वासन दिएको छ । उक्त कङ्काललाई पुनः धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । यो घटनाले आधुनिक बैङ्किङ प्रणाली र कर्मचारीतन्त्रमा संवेदनाको खडेरी परेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group