ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा गुजरात र हैदराबादको जित


एबीसी न्यूज
२१ बैशाख २०८३, सोमबार   ६ : ५४   बजे

काठमाडौं, २१ वैशाख। आईपीएल क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । गएराति भएको दोस्रो खेलमा गुजरातले पञ्जाबलाई ४ विकेटले हरायो । अहमदाबादमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । पञ्जाबका अर्शदीप सिंह र विजयकुमार वैशाखले समान २ विकेट हात पारे । गुजरातले तालिकामा १२ अंक पुर्याएको छ । पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै १३ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

हिजै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । हैदराबादले दिएको १ सय ६६ रनको लक्ष्य कोलकाताले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

हैदराबादका लागि ट्राभिस हेडले ६१ रन तथा इशान किशनले ४२ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले ३, कार्तिक त्यागी र सुनील नारिनले समान २ विकेट लिए । जितसँगै कोलकाता ७ अंकसहित तालिकाको आठौँ स्थानमा छ । हैदराबाद १२ अंकसहित तेस्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group