ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै


एबीसी न्यूज
२२ बैशाख २०८३, मंगलबार   १ : ०२   बजे

काठमाडौं २२ वैशाख । वैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया सहज र छिटो बनाउने व्यवस्था गर्न सक्ने भएको छ।

अध्यादेशअनुसार परिषद्को बैठक बस्ने प्रक्रिया, गणपूरक संख्या र निर्णय प्रणालीमा परिवर्तन गरी बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था रहनेछ। यसले सदस्य अनुपस्थित भए पनि बैठक सञ्चालन गर्न र निर्णय अघि बढाउन सकिने बाटो खोल्ने देखिन्छ।

सरकारले यस्तो अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग नेपाल र लोकसेवा आयोग लगायतका संवैधानिक निकायहरूमा रिक्त पदमा सिफारिस प्रक्रिया सहज बनाउन खोजेको बताइएको छ।

लामो समयदेखि रोकिँदै आएका नियुक्ति प्रक्रिया अघि बढाउन र संवैधानिक निकायहरूलाई सक्रिय राख्न यो व्यवस्था आवश्यक भएको सरकारको दाबी छ।

तर, यस्तो व्यवस्थाले सहमति संस्कृतिलाई कमजोर पार्ने र शक्ति सन्तुलनमा असर पार्ने भन्दै राजनीतिक तथा कानुनी वृत्तमा प्रश्न उठ्न थालेका छन्। आलोचकहरूले संवैधानिक परिषद् सहमतिमा आधारित संस्था भएकाले बहुमत प्रणालीले विपक्षीको भूमिका कमजोर पार्ने र शक्ति केन्द्रिकरण बढ्ने जोखिम रहेको बताएका छन्।

त्यस्तै, संसद छलफल बिना अध्यादेशमार्फत कानुन परिवर्तन गर्ने अभ्यासप्रति पनि आलोचना भइरहेको छ। विज्ञहरूले यस्तो कदमले दीर्घकालीन रूपमा राजनीतिक विवाद र नीतिगत अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group