ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी


एबीसी न्यूज
२६ बैशाख २०८३, शनिबार   ८ : १७   बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै सांसद आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टीको आन्तरिक विषय र कार्यक्रम सञ्चालनको शैलीलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रशिक्षणको स्थानलाई लिएर असन्तुष्टि

रास्वपाले शनिबारदेखि जावलाखेलस्थित स्टाफ कलेजमा सांसदहरूका लागि दुई दिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ। सांसद तामाङले उक्त कार्यक्रम सिंहदरबारभन्दा बाहिर राखिएको र फजुल खर्च गरिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएकी छन्।

उनले फेसबुकमार्फत भनेकी छन्:

“संसदहरूलाई प्रशिक्षण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने कुनै बाध्यता पक्कै होइन होला? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर?”

पार्टीको ‘परिवर्तन’ माथि प्रश्न

धादिङ-१ बाट निर्वाचित सांसद तामाङले पार्टीले पहिले गरेको प्रतिबद्धता र वर्तमान व्यवहारबीच तालमेल नमिलेको भन्दै कडा टिप्पणी गरेकी छन्। आफूहरू परिवर्तनको पक्षमा रहेको र फजुल खर्च नगर्ने भनेर जनतामाझ बोलेको स्मरण गराउँदै उनले “पुराना र नयाँमा के फरक भयो त?” भन्दै प्रश्न गरेकी छन्।

पार्टीको कदम

पार्टीका एक नेताका अनुसार, तामाङले पार्टीको मर्यादा र अनुशासनविपरीत सामाजिक सञ्जालमा टिप्पणी गरेकाले उनलाई स्पष्टीकरण सोध्न लागिएको हो। संसदीय दल र पार्टीको निर्णय प्रक्रियाभन्दा बाहिर गएर सार्वजनिक रूपमा विरोध गरेकोमा रास्वपाले असन्तुष्टि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group