ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्किस एयरलाइन्सको जहाजमा आगलागी, केहीबेर अवरुद्ध त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा


एबीसी न्यूज
२८ बैशाख २०८३, सोमबार   ९ : २१   बजे

काठमाडौं २८ वैशाख । Turkish Airlines को जहाजमा आगलागी भएपछि केही समय अवरुद्ध भएको Tribhuvan International Airport को सेवा पुनः सञ्चालनमा आएको छ ।

सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पांग्रामा अचानक आगलागी भएको थियो । धावनमार्गमा धुँवा देखिएपछि विमानस्थलमा केहीबेर त्रासको अवस्था सिर्जना भएको थियो ।

घटनालगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेका दमकल र उद्धार टोली परिचालन गरिएको थियो । दमकलको सहायताले केही मिनेटमै आगो नियन्त्रणमा लिइएको विमानस्थल स्रोतले जनाएको छ । त्यसपछि विमानलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएको थियो ।

घटनापछि सुरक्षा सतर्कता अपनाउँदै केही समयका लागि उडान तथा अवतरण सेवा रोकिएको थियो । जहाज सुरक्षित स्थानमा सारिएपछि विमानस्थलको सेवा पुनः सुचारु गरिएको हो ।

विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको बताइएको छ । कुनै मानवीय क्षति नभएको र यात्रुहरूलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रारम्भिक रूपमा प्राविधिक समस्या वा ब्रेक सिस्टममा अत्यधिक तापक्रमका कारण पांग्रामा आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group