ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सहयोगमा कैलालीमा तीन करोड रुपैयाँ बढीको लगानीमा विद्यालय भवन बन्ने


एबीसी न्यूज
२८ बैशाख २०८३, सोमबार   ३ : ०१   बजे


कैलाली, २८ बैशाख । भारत सरकारको सहयोगमा कैलालीमा तीन करोड रुपैयाँ बढीको लगानीमा विद्यालय भवन निर्माण हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उप–महानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको हो । विद्यालयको भवन निर्माणका लागि सोमवार एक कार्यक्रमकाबीच भारतीय राजदुतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंहले शिलान्यास गर्नुभएको छ ।

भारत सरकारको करिव ३ करोड ६० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उपमहानगरपालिकामार्फत सञ्चालन हुनेछ । नयाँ विद्यालय भवनले विद्यार्थी तथा शिक्षकका लागि थप सुरक्षित र आधुनिक शैक्षिक वातावरण तयार गर्ने तथा दुई देशबीचको विकास साझेदारीलाई थप उचाईमा पु¥याउने विश्वास गरिएको छ । यस्ता परियोजनामार्फत नेपाल सरकारको विकास तथा समृद्धि अभियानलाई निरन्तर सहयोग गर्ने भारतीय राजदुतावासले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयरसहित स्थानीय सरोकारवालाहरूको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group