ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन्यजन्तुको आक्रमणमा परेकाहरुले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर


एबीसी न्यूज
३० बैशाख २०८३, बुधबार   १ : १८   बजे

काठमाडौं, ३० वैशाख । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले जंगलमा छेउका मानिसहरुका लागि सरकार नै नभएका अनुभुति भईरहेको समेत बताउनु भयो ।

सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगले छेउमा बस्ने नागरिकहरु जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘झापा अर्जुनधारा वडा नम्बर २ मा दिनेश पराजुलीलाई जंगली हात्तीको आक्रमणबाट गम्भिर घाइते भई अस्पतालमा भर्ना भएको म जानकारी गराउन चाहन्छु । झापा मात्रै होइन, तराइका विभिन्न भेगहरुमा हात्ती आक्रमणका कारण मानिसहरु आतंकित भईराखेका छन ।

यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर सामान चिजहरु लाईटका कुराहरु, माईकिङका कुराहरु पनि व्यवस्था नभएका र पालेहरु पनि थोरै भएको कारणले गर्दा एउटा सरकार नै नभएको अनुभूति भईराखेको छ जंगलको छेउमा बस्ने हाम्रा जनताहरुलाई । यसको पनि म ध्यानाकर्षण गरााउन चाहन्छु ।’

त्यस अवसरमा उहाँले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तिको आक्रमणमा परी गम्भिर घाइते भएको जानकारी गराउँदै उहाँको उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group