ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्


एबीसी न्यूज
३० बैशाख २०८३, बुधबार   १ : ३४   बजे

काठमाडौं, ३० वैशाख । प्रतिनिधि सभाका सांसदहरुले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन् । सांसद सुहाङ नेपालले ठप्प रहेको चियाको निर्यातका लागि तत्काल भारत सरकारसँग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चिया किसान र उद्योगीहरुको संरक्षणका लागि ठोस नीति बनाउन पनि सरकारलाई सचेत गराउनु भयो । 

सांसद नेम्वाङले भन्नुभयो, ’टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ । यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ । त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु–भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस, चिया निर्यातको अवरोध समाधान गरियोस् । र चिया उद्योगी र किसानहरुको संरक्षणको लागि ठोस नीति बनाइयोस् ।’

सरकारले किसानलाई मलको अभाव हुन दिन नहुने पनि सांसदहरुले बताएका छन् । सांसद सुनिल केसीले किसानले आवश्यक मल पाउने गरी व्यवस्था गर्न सरकारलाई दबाब दिनुभएको हो । उहाँले मेलम्चीको पानी काठमाडौंका जनताले कहिलेसम्म कुर्नुपर्ने हो ? त्यसको जवाफ दिन पनि सरकारसँग माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारलाई आवश्यक मात्रामा मल पाउने व्यवस्था मिलाइयोस् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले मेलम्चीको खानेपानी खान अझै कहिलेसम्म कुर्नुपर्ने हो ? तीनकुनको सार्वजनिक जग्गा कुन उद्देश्यका लागि कब्जा गरियो ? यस सम्बन्धमा तत्कालीन सरकारका प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग जवाफ मागियोस । यसरी राज्यले जनताको सम्पती कहिलेसम्म कब्जा गरेर राख्ने हो ?’

सांसद सुरेशकुमार चौधरीले भारतीय सीमा क्षेत्रको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिनुभयो । 
उहाँले भन्नुभयो,‘सीमा क्षेत्रको गाउँमा विकासको कुनै पूर्वाधार पुगेको छैन । बाटो, विद्युत, स्वास्थ्य, शिक्षा, सञ्चार समेतको समस्या छ । यस्ता बस्तीहरुमा विकासको पूर्वाधार निर्माणमा ढिलाई नगर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बाँकेका धेरै गाउँहरु हराएको जस्तो देखिएको छ । त्यहाँ विकासमार्फत ती गाउँहरुलाई अघि बढाउन आवश्यक छ । यसमा सरकारको ध्यान जाओस् ।’

बर्दियालगायतका सीमा क्षेत्रका जनताले विभिन्न खालको समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यहाँका जनताको समस्या समाधानमा सरकार गम्भिर भएर लाग्नुपर्ने पनि सांसद चौधरीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group