ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो


एबीसी न्यूज
३० बैशाख २०८३, बुधबार   ९ : ०१   बजे

काठमाडौं, ३० वैशाख । ​नेपाल बार एशोसिएशनले प्रतिनिधि सभाका सदस्यको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार सभामुख डोलप्रसाद अर्याललाई पत्र लेख्दै संसदमा न्यायालयको मानमर्दन हुने गरी हुने छलफल र टिप्पणी रोक्न आग्रह गरेको हो।

​बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद गणेश पराजुलीले का.मु. प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको भनी दिएको अभिव्यक्तिप्रति बारले कडा आपत्ति जनाएको हो।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले पठाएको पत्रमा साम्सदको अभिव्यक्तिले विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि प्रहार गरेको उल्लेख गरिएको छ।

​बारले पत्रमा भनेको छ, ‘उक्त सम्बोधनबाट दुई तिहाइउपर कसैले केही बोल्न नपाइने भन्ने सन्देश दिन खोजेको आम बुझाइ हुन गएको छ। यो स्पष्टतः निरंकुशताको बीजारोपण र प्रबर्द्धन हो भन्नेमा कुनै विवाद रहेन।’

​नेपाल बारले संविधानको धारा १०५ लाई स्मरण गराउँदै संघीय संसदको कुनै सदनमा न्याय सम्पादनको विषयमा बहस गर्न नपाइने संवैधानिक व्यवस्था रहेको तथ्यलाई जोड दिएको छ। यस्ता टिप्पणीले न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने भन्दै बारले विगतको नजिर (सर्वज्ञरत्न तुलाधरविरुद्ध राष्ट्रिय पञ्चायत) लाई समेत उल्लेख गरेको छ।

​संसद बैठकमा न्यायालयको मर्यादामा आँच आउने किसिमका टिप्पणी हुन नदिने प्रबन्ध मिलाउन र यस विषयमा आवश्यक रुलिङ गर्न नेपाल बार एशोसिएशनले सभामुखसमक्ष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group