ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल


एबीसी न्यूज
१ जेष्ठ २०८३, शुक्रबार   ८ : २२   बजे

काठमाडौं, १ जेठ । प्रतिपक्षमा हुँदा संसद्‌मा प्रधानमन्त्रीको जवाफदेहिता र संसदीय मर्यादाबारे कडा अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू अहिले आफ्नै पुराना भनाइका कारण आलोचनामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा उपस्थित नभएको विषयमा बचाउ गर्न खोज्दा रास्वपा नेताहरूका विगतका भाषण सामाजिक सञ्जालमा पुनः भाइरल बनेका हुन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री शाह संसद्‌मा अनुपस्थित भएपछि नेपाली कांग्रेस, एमाले, राप्रपा तथा श्रम संस्कृति पार्टीले बुधबार प्रतिनिधि सभा अवरुद्ध गरेका थिए। बिहीबार पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जवाफ दिएका थिए।

यही विषयलाई लिएर अहिले रास्वपामाथि “दोहोरिएको मापदण्ड” अपनाएको आरोप लाग्न थालेको छ।

रास्वपाका सांसद शिशिर खनालले २०८१ फागुन २१ गते प्रतिनिधि सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका थिए। पत्रकारको पास निलम्बन प्रकरण उठाउँदै उनले संसद् सरकारको छायाँ बन्दै गएको टिप्पणी गरेका थिए।

त्यसबेला उनले जर्मनीको इतिहास उल्लेख गर्दै हिटलर चुनाव जितेर सत्तामा पुगेपछि लोकतान्त्रिक अधिकार कमजोर बनाएको उदाहरण दिएका थिए। ओलीप्रति कटाक्ष गर्दै खनालले “के तपाईं हिटलर बन्दै हो ?” भन्ने प्रश्नसमेत गरेका थिए।

त्यसैगरी, २०८२ साउन २७ गतेको बैठकमा पनि खनालले प्रधानमन्त्री ओलीलाई ‘हाउ डेमोक्रेसीज डाइ’ पुस्तक पढ्न सुझाव दिएका थिए। लोकतन्त्र निर्वाचित नेताबाटै कमजोर बन्न सक्ने चेतावनी उनले दिएका थिए।

त्यतिबेला रास्वपाले प्रधानमन्त्रीको जवाफदेहिताको माग गर्दै संसद् अवरोध र बहिष्कारसमेत गरेको थियो।

रास्वपाका अर्का सांसद मनिष झाले पनि २०८२ चैत २३ गते संसद् “चिया चौतारी होइन, गुरुकुल हो” भन्दै सदनको गरिमामाथि जोड दिएका थिए। उनले “मन लागे आउने, मन लागे बोल्ने र नलागे जाने ठाउँ संसद् होइन” भनेर अभिव्यक्ति दिएका थिए।

तर अहिले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा अनुपस्थित रहँदा रास्वपाकै नेताहरू मौन देखिएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्।

कांग्रेसका सचेतक निस्कल राईले बिहीबार प्रतिनिधि सभामा मनिष झाकै पुरानो अभिव्यक्ति उद्धृत गर्दै व्यंग्य गरे।

“सदन गुरुकुल र विश्वविद्यालय हुनुपर्छ भन्ने माननीयको भनाइ राम्रो लागेको थियो,” उनले भने, “तर अहिले स्वयं प्रधानमन्त्रीले नै त्यो गुरुकुललाई बंक गर्न थाल्नुभएको छ। कार्यकारी प्रमुखले संसद्लाई बेवास्ता गर्नु संसदीय अभ्यासप्रतिको उदासीनता होइन र ?”

रास्वपाले विगतमा प्रतिपक्षमा हुँदा उठाएका संसदीय मूल्य र जवाफदेहिताका मुद्दा अहिले आफ्नै नेतृत्वमाथि फर्किएको भन्दै राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group