ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी मन्त्रीहरुको गुनासो : प्रधानमन्त्री ओलीबाट मनपरि भो


admin

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

माओवादी केन्द्रका मन्त्रीहरुले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेटगरी प्रधानमन्त्री ओलीले सचिवहरुको सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा सोमबार बिहानै पुगेका माओवादी केन्द्रका मन्त्रीहरुले सचिवहरुको सरुवा गर्ने विषयमा सत्ता साझेदार दलस“ग समेत छलफल नगरेको गुनासो समेत गरेका थिए । सचिव सरुवाको विषयमा क्याबिनेटमा समेत छलफल नगरिएकोमा मन्त्रीहरुको गुनासो रहेको पार्टीका प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।

भेटमा मन्त्रीहरुले सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाउने विषयमा पनि पार्टी अध्यक्षसँग परामर्श गरेका थिए । जनताको आकांक्षा सम्बोधन हुनेगरी मन्त्रालयको कामलाई प्रभावकारी बनाउने विषय र बजेटका विषयमा पनि छलफल गरिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

यता, अध्यक्ष दाहालले भने २ दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले सोही अनुसार अघि बढन पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सचेत गराउनु भएको थियो । उहाँले जनताको अपेक्षा अनुसार काम गर्न पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com