ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूसी राष्ट्रपति पुटिन नेतृत्वको जम्बो टोली आज चीन भ्रमणमा जाँदै


एबीसी न्यूज
५ जेष्ठ २०८३, मंगलबार   ९ : ५०   बजे

काठमाडौं, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणबाट फर्किए लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बुधबार जम्बो टोलीको नेतृत्व गर्दै चीनको दुई दिने औपचारिक भ्रमणमा जानुहुने भएको छ।राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा बुधबार राजकीय भ्रमण गर्न लाग्नुभएको हो ।

यसअघि राष्ट्रपति ट्रम्पले यहि मे १३ देखि १५ तारिखसम्म चीनको भ्रमण गर्नुभएको थियो । करिब १ दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो । यसको ठिक ३ दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नु हुने भएको हो ।सोही भ्रमणमा राष्ट्रपति पुटिन र राष्ट्रपति जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन(रुसबीचको व्यापक साझेदारी, रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तरिका, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दुई देशले उच्चस्तरीय संयुक्त वक्तव्य र अधिकांश द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेको उल्लेख गरिएको छ।रुससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ । विशेषगरी रुसले युक्रेनमा आक्रमण शुरू गरेदेखि दुई देश नजिकिएका हुन् । राष्ट्रपति जिनपिङ र राष्ट्रपति पुटिनबीच ४० भन्दा धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका ‘द गार्जियन’ ले समाचार प्रकाशन गरेको छ।सन् २०२२ यता चीन र रुसको द्विपक्षीय व्यापार कीर्तिमानी स्तरमा पुगेको छ । रुसको कूल निर्यातको एक चौथाइ भन्दा बढी हिस्सा चीनले ओगटेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group