काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जगदीश खरेललाई पार्टी प्रवक्तामा मनोनीत गरेको छ। रास्वपा सभापति रवि लामिछानेले खरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएका हुन्।
शुक्रबार बसेको पार्टीको केन्द्रीय सदस्य बैठकले विभिन्न पदमा पदाधिकारी मनोनयन गर्ने प्रस्ताव पारित गरेको हो।
बैठकले मनोमुर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षमा मनोनीत गरेको छ। त्यस्तै सरेन्द्र चौधरी र ननिता यादवलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।
पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले विभिन्न जिम्मेवारीमा नयाँ पदाधिकारी मनोनयन गरिएको रास्वपाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्