ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंखमुलको होस्टलमा कुटपिट, २२ वर्षीय युवकको मृत्यु


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : ४५   बजे

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको कुटपिटमा २२ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जनाको खोजी भइरहेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार होस्टलमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी, बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलबीच कुटपिट भएको थियो। कुटपिटका क्रममा धारिलो हतियारसमेत प्रयोग भएको प्रहरीले जनाएको छ।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई तत्काल मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनी अस्पताल पुग्दा बोल्न सक्ने अवस्थामा थिएनन्। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएको छ। अर्का आरोपित प्रमित पटेल भने घटनालगत्तै फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा

पारिवारिक भ्रमणका लागि पोखरा पुगे प्रधानमन्त्री बालेन

सम्बन्धित

बंगलादेशी नागरिकको पेटबाट पाँच दिनपछि सुनजस्तो धातु निकालियो

लघुवित्तको नाफा १५३ प्रतिशतले बढ्यो, तर खराब कर्जाको जोखिम कायमै

राष्ट्र बैंकका पदाधिकारीको कार्यकाल घटाउने प्रस्तावले स्वायत्ततामाथि बहस

साउनमा नेपाल भित्रियो १ लाख ६९ हजार स्मार्टफोन, सरकारले उठायो ७२ करोड राजस्व

बागमतीका मुख्यमन्त्री थापा मगरले आइतबार विश्वासको मत लिने

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगलाई कानुनी बाटो खोल्न सरकार सकारात्मक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu