ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा बैठकमा कमल थापा र प्रेम श्रेष्ठबीच हात हालाहालको स्थिति, उद्धव थापामाथि कारबाहीको निर्णय


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : ४५   बजे

काठमाडौं । बाग्मती प्रदेशको राजनीतिक विषयमा छलफल गर्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक तनावपूर्ण बनेको खुलेको छ। बैठकमा पूर्वअध्यक्ष कमल थापा र कार्यसम्पादन समिति सदस्य प्रेम श्रेष्ठबीच भनाभन हुँदै हात हालाहालको अवस्थासमेत सिर्जना भएको स्रोतले जनाएको छ।

बाग्मती प्रदेशमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले पार्टीको नीतिविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि उनीमाथि कारबाही गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। यसअघि पार्टीको अनुशासन समितिले पनि उद्धव थापालाई कारबाही गर्न सिफारिस गरिसकेको थियो।

बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले उद्धव थापामाथि कारबाहीको प्रस्ताव अघि सारेपछि प्रेम श्रेष्ठले त्यसको समर्थन गरेका थिए। पार्टीको विधि र पद्धति उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने धारणा राख्ने क्रममा पूर्वअध्यक्ष कमल थापा आक्रोशित बनेको स्रोतको दाबी छ।

स्रोतका अनुसार कमल थापाले श्रेष्ठलाई लक्षित गर्दै उनको अमेरिकी नागरिकताबारे प्रश्न उठाएका थिए। त्यसपछि श्रेष्ठले पनि प्रतिवाद गर्दै विगतमा आफूलाई पार्टीको जिम्मेवारी दिइएको विषय उठाएपछि विवाद चर्किएको थियो।

दुवैबीचको भनाभन बढ्दै गएपछि बैठकमा सहभागी नेताहरू आ–आफ्नो ठाउँबाट उठेका थिए। स्थिति हात हालाहालको अवस्थामा पुगेपछि अध्यक्ष लिङदेनसहित अन्य नेताहरूले दुवैलाई छुट्याउने प्रयास गरेका थिए। केही समयपछि मात्रै बैठकको वातावरण सामान्य बनेको बताइएको छ।

त्यसपछि कमल थापाले बैठकको निर्णयमा आफ्नो ‘नोट अफ डिसेन्ट’ राख्न आग्रह गर्दै बैठकबाट बाहिरिएको र बाहिर सञ्चारकर्मीसँग उद्धव थापामाथि कारबाहीको निर्णय भएको जानकारी गराएको स्रोतको भनाइ छ।

यद्यपि, बैठकमा लिखित रूपमा कसैले पनि नोट अफ डिसेन्ट नदिएको बताइएको छ। उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, विक्रम थापा, अर्जुन राई र डा. गीताभक्त जोशीलगायत नेताहरूले धारणा राखेको स्रोतले जनाएको छ।

पूर्वअध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत बैठकमा असहज र अप्रिय परिस्थिति सिर्जना भएको भन्दै आफूलाई दुःख लागेको बताएका छन्।

उनले पार्टीभित्र गम्भीर संवादहीनता बढ्दै गएको दाबी गर्दै कारबाही र निष्कासन मात्र समस्याको समाधान नभएको बताएका छन्। पार्टीभित्र ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हाबी हुँदै गएको भन्दै उनले सद्भाव, एकता, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।

बाग्मती प्रदेशमा पार्टी नीतिविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयबाट सुरु भएको विवादले राप्रपाभित्रको आन्तरिक मतभेदलाई थप सतहमा ल्याएको छ। पछिल्लो घटनाले पार्टी नेतृत्व र फरक धारमा रहेका नेताहरूबीचको दूरी थप बढ्न सक्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

International Community Condemns Israeli Plans for New West Bank Settlement

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा पोखरामा, भेटघाटको कार्यक्रम छैन

Hong Kong Activists Convicted Under National Security Law for Tiananmen Vigil

बंगलादेशी नागरिकको पेटबाट पाँच दिनपछि सुनजस्तो धातु निकालियो

लघुवित्तको नाफा १५३ प्रतिशतले बढ्यो, तर खराब कर्जाको जोखिम कायमै

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu