ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक विदा कटौतीविरुद्ध जनजाति महासंघबाट आन्दोलन घोषणा


admin

काठमाडौं, २६ चैत । नियोजित रुपमा सरकारले आदिवासी जनजाति समुदायको चार्ड पर्वमा सार्वजनिक विदा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेको ७ बँुदे माग सहित आन्दोलन घोषणा गरेको हो । सरकारले सार्वजनिक विदा कटौती गरेर देशका ३५ प्रतिशत भन्दा बढी आदिवासी जनजातिको अपमान गरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारको निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालको उपहास गरेको र महेन्द्रकालीन पञ्चायती ब्यवस्थाको पुनरावृति भएको समेत महासंघले आरोप लगाएको छ । सार्वजनिक विदा कटौती सम्बन्धि निर्णय सच्याउन माग गर्दै महासंघले निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिइको महासंघले आन्दोलनपछि उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने समेत भनेको छ ।

महासंघले पत्रकार सम्मेलन मार्फत काठमाडौं उपत्यकामा गैरन्यायिक ढंगले सडक बिस्तार गरिएको भन्दै तत्काल रोक्न समेत माग गरेको छ । त्यस्तै, सांस्कृतिक रुपमा गाईको मासुलाई उपभोग गरेको आरोपमा आदिवासी जनजाति माथि सरकारले चरम ज्यादति गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न पनि महासंघले माग गरेको छ । महासंघले टिकापुर घट्नासँग जोडेर आरोपित २६ जना थारुलाई २ वर्षदेखि पुर्पक्षी थुनामा राखेर राज्यले एकल जातिवादी प्रवृति देखाएको भन्दै महासंघले भत्सना गरेको छ । राज्यले आदिवासी जनजातिमाथि दमन गरेको भन्दै त्यसको विरुद्ध महासंघले ७ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

महासंघका मागहरु ः

१) नेपालका आदिवासी जनजाति समुदायले लामो समयदेखि गर्दै आएको आन्दोलनबाट ३५.२ प्रतिशत जनताले मनााउँदै आएको आ–आफ्नो साँस्कृतिक पर्वहरु तमू ल्होसार, सोनाम ल्होछार, ग्याल्वो ल्होसार, उधौंली÷उभौली, माघे सकराति÷माघीमा पाउदै आएको सार्वजनिक विदा खारेजीको निर्णय नेपाल सरकारले तुरुन्त फिर्ता गरियोस् साथै गाईजात्रामा काठमाडौं उपत्यकामा मात्रै दिइंदै आएको सार्वजनिक विदालाई देशव्यापी गरियोस् ।

२) सरकार र आदिवासी जनजातिहरुबीच भएका विभिन्न सहमति र सम्झौता अनुसार प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा गरी त्यहाँ बोलिने भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिइयोस्, समानुपातिक र समावेशी सिद्धान्तको मर्म र भावनालाई सही ढंगले कार्यान्वयन गरी समतामूलक समाजको निर्माण गरियोस् ।

३) काठमाडौं उपत्यका लगायतको नेवार आदिवासीहरुको आदिभूमिमा गैरन्यायिक रुपमा गरिएको सडक विस्तार तुरुन्त बन्द गरियोस् साथै ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरु विकासको नाममा विनास गर्ने कार्य तुरुन्त बन्द गरियोस् ।

४) संविधानको धारा ५६ को ५ अनुसार राजनैतिक अधिकार सहित विशेष, संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गरियोस् ।

५) आदिवासी जनजातिहरु लगायत उत्पीडित वर्ग समुदायले उठाउँदै आएका विभिन्न सबालहरुलाई सम्बोधन हुने गरी अबिलम्ब संविधान संशोधन गरियोस् ।

६) नेपालको संविधान २०७२ को मूलमर्म र भावना विपरित धर्मनिरपेक्ष मूलुकमा परापूर्व कालदेखि आदिवासी जनजातिहरुको साँस्कृतिक आहारको रुपमा प्रयोग गर्दै आएको गाईको मासुलाई सरकारले कानूनी मान्यता प्रदान गरियोस् र यही सबालमा जेल जीवन बिताइरहेकाहरुलाई क्षतिपूर्ति सहित अबिलम्ब रिहाई गरियोस् ।

७) पहिचान जनित आन्दोलन (थरुहट, ताम्सालिङ, लिम्वूवान लगायत)मा जेल जीवन विताइरहेका राजबन्दीहरुलाई क्षतिपूर्ति सहित विनाशर्त रिहाइ गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com