ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र ईरानबीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख आसिम मुनीर तेहरानमा


एबीसी न्यूज
९ जेष्ठ २०८३, शनिबार   ७ : ५२   बजे

काठमाडौं, ९ जेठ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नु भएको छ ।

मुनीर हिजो तेहरान पुगेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि आसिम मुनीरसँग निरन्तर सम्पर्क भइरहेको बताउनुभएको छ ।

उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ । तर, इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन ।

अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाकाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ । दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्‍याएको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ ।

इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ । खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन प्रभावित भएका छन् ।

विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढेको छ । विभिन्न रिपोर्टअनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ्न सक्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group