ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले भारतलाई भन्यो– दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्नू


एबीसी न्यूज
११ जेष्ठ २०८३, सोमबार   ७ : २६   बजे

काठमाडौं, ११ जेठ । चीनले भारतलाई दलाई लामाको उत्तराधिकारको मुद्दाबाट टाढै बस्न भनेको छ । बेइजिङले दलाई लामाको पुनर्जन्म तथा उत्तराधिकारी तय गर्ने प्रक्रिया पूर्ण रूपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नगर्ने जनाएको छ ।

भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यु जिंगले आइतबार जारी गरेको वक्तव्यमा दलाई लामाको पुनर्जन्म शताब्दीयौँ पुरानो धार्मिक रीतिरिवाज तथा ऐतिहासिक परम्पराअनुसार हुने गरेको बताएकी छन् । उनले यस प्रक्रियाका लागि चीनको केन्द्रीय सरकारको स्वीकृति अनिवार्य हुने तथा १४औँ दलाई लामालाई पनि यही प्रक्रियाअन्तर्गत मान्यता दिइएको उल्लेख गरिन् ।

चिनियाँ दूतावासले भारतलाई तिब्बतसम्बन्धी आफ्नो पुरानो अडान पनि सम्झाएको छ । वक्तव्यमा भारतले तिब्बती स्वतन्त्रतासँग सम्बन्धित गतिविधिहरूका लागि कुनै पनि मञ्च उपलब्ध गराउनु नहुने उल्लेख गर्दै यसलाई क्षेत्रीय स्थिरता तथा भारत–चीन सम्बन्धका लागि आवश्यक भएको बताइएको छ ।

चीनले दलाई लामाको मुद्दामा भारतलाई चेतावनी दिएको यो पहिलोपटक भने होइन । गत वर्ष पनि बेइजिङले दलाई लामाको उत्तराधिकार भारत–चीन सम्बन्धमा काँढाजस्तै रहेको टिप्पणी गरेको थियो ।

दलाई लामाले आफ्नो उत्तराधिकारी चयन प्रक्रियामा चीनको कुनै भूमिका नहुने बताउँदै आएका छन् । तिब्बती मान्यताअनुसार कुनै वरिष्ठ बौद्ध भिक्षुको मृत्युपछि उनको आत्माले पुनर्जन्म लिन्छ ।

यद्यपि, चीनले भने दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियालाई चिनियाँ सरकारले स्वीकृति दिनु अनिवार्य रहेको बताउँदै आएको छ । दलाई लामा सन् १९५९ देखि भारतमा निर्वासनमा बस्दै आएका छन् । तिब्बतमा चिनियाँ शासनविरुद्ध भएको असफल विद्रोहपछि उनी भारत आएका थिए ।

वर्तमान दलाई लामाको जन्म सन् १९३५ मा चीनको उत्तर–पश्चिम क्षेत्रमा पर्ने ताक्तेसर गाउँमा भएको थियो । दुई वर्षको उमेरमै उनको पहिचान गरिएको थियो ।

१३औँ दलाई लामाले छाडेका चिह्न तथा निसानीहरूको आधारमा बौद्ध भिक्षुहरूको टोली उक्त गाउँसम्म पुगेको थियो । टोलीले आफूसँग १३औँ दलाई लामाका चस्मा, घण्टी तथा लौरो बोकेर ल्याएको थियो ।

उनीहरूले ती सामग्रीसँगै अन्य केही सामानहरू पनि बच्चाको अगाडि राखेका थिए । ती सामानहरूमध्ये बच्चाले १३औँ दलाई लामासँग सम्बन्धित वस्तुहरू उठाउँदै “यो मेरो हो” भनेको उल्लेख गरिएको छ ।

अन्त्यमा भिक्षुहरूले बच्चाको अगाडि केही लौरोहरू राखे । बच्चाले दलाई लामाको लौरो उठाएर आफ्नो छातीमा टाँसेपछि ती भिक्षुहरूलाई यही बालक दलाई लामाको पुनर्जन्म भएको विश्वास लागेको थियो ।

६ वर्षको उमेरमा उनको औपचारिक अध्ययन सुरु भयो । सन् १९५० मा चीनले तिब्बतमा प्रवेश गरेपछि उनले दलाई लामाको पूर्ण अधिकारसहित पदभार सम्हालेका थिए । दलाई लामाको आत्मवृत्तान्त अनुसार मार्च १९५९ मा चिनियाँ सेना दलाई लामाको दरबारसम्म पुगेको थियो । त्यसपछि दलाई लामा सैनिकको भेषमा तिब्बतबाट बाहिरिएका थिए ।

करिब दुई हप्तासम्म विभिन्न गाउँ तथा गुम्बाहरूले उनलाई शरण दिएका थिए । अन्ततः ३१ मार्च १९५९ मा आफ्नो परिवार, अङ्गरक्षक तथा केही तिब्बती समर्थकहरूसहित उनी भारत पुगे ।

अप्रिल २ मा भारत सरकारले आधिकारिक रूपमा उनको स्वागत गरेको थियो भने अप्रिल ३ मा जवहारलाल नेहरुले दलाई लामालाई भारतमा शरण दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu