ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सरविरुद्धको खोपले बिरामीको सम्पूर्ण ट्युमर निको पार्न सक्ने परीक्षणबाट पुष्टि


एबीसी न्यूज
१९ जेष्ठ २०८३, मंगलबार   ७ : ४७   बजे

काठमाडौं । क्यान्सर उपचारको क्षेत्रमा चिकित्सकहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । उपचारले निको हुन नसकेका बिरामीहरूको ट्युमर पूर्णरूपमा निको पार्ने एक नयाँ इन्जेक्सनको चिकित्सकहरूले सफल परीक्षण गरेका हुन् ।

जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको ‘अमिभान्तामाब’ नामक यो सिरिन्जको ११ वटा देशमा क्लिनिकल परीक्षण गरिएको थियो ।

नयाँ ‘ट्रिपल–एक्सन’ उपचारात्मक खोपले शरीरभर फैलिएको क्यान्सरका ट्युमरलाई समेत पूर्ण रूपमा हटाउन सक्ने सम्भावना देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार परम्परागत किमोथेरापी र इम्युनोथेरापीबाट अपेक्षित परिणाम प्राप्त नभएका तथा उपचारका विकल्प सीमित भएका बिरामीहरूमा समेत यो नयाँ उपचार विधिले उत्साहजनक नतिजा दिएको छ ।

परीक्षणमा क्यान्सर शरीरका अन्य भागमा फैलिसकेका, पुनः बल्झिएका वा उपलब्ध उपचारले प्रभाव नपारेका बिरामीहरूलाई सहभागी गराइएको थियो ।

अध्ययनमा सहभागी बिरामीहरूमध्ये एक तिहाइभन्दा बढीमा ट्युमरको आकार उल्लेखनीय रूपमा घटेको पाइएको बताइएको छ ।

सबैभन्दा महत्वपूर्ण उपलब्धि भने १५ जना बिरामीमा देखिएको छ, जसमा क्यान्सरका ट्युमर पूर्ण रूपमा हराएको चिकित्सकहरूले पुष्टि गरेका छन् । विशेषज्ञहरूका अनुसार यस्ता बिरामीहरूमा उपचारका विकल्प लगभग समाप्त भइसकेका थिए ।
लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर)का जैविक क्यान्सर उपचार विशेषज्ञ प्राध्यापक केभिन ह्यारिङ्टनले यस्तो नतिजालाई अभूतपूर्व भन्दै उपचार विज्ञानमा नयाँ आशाको संकेत भएको बताएका छन् ।

“किमोथेरापी र इम्युनोथेरापी दुवैप्रति प्रतिरोधी भइसकेका बिरामीमा यति प्रभावकारी प्रतिक्रिया देखिनु अत्यन्त दुर्लभ घटना हो । यदि, आगामी परीक्षणहरू सफल भएमा यसले हरेक वर्ष हजारौँ क्यान्सर बिरामीलाई नयाँ जीवन दिन सक्ने विश्वास गरिएको छ,” उनले भनेका छन् ।

अनुसन्धान विशेषगरी टाउको तथा घाँटी र यसको आसपास क्षेत्रमा हुने क्यान्सरका बिरामीमा केन्द्रित थियो । अध्ययनमा सहभागी १०२ जना बिरामीमध्ये ४३ जनामा उपचारको सकारात्मक प्रभाव देखिएको छ ।

तीमध्ये २८ जनाको ट्युमर उल्लेखनीय रूपमा सानो भएको थियो भने १५ जनाको शरीरबाट क्यान्सर पूर्णरूपमा हटेको पाइएको अनुसन्धान प्रतिवेदनमा उललेख छ ।

टाउको तथा घाँटीको क्यान्सर विश्वभर सबैभन्दा बढी देखिने क्यान्सरमध्ये छैटौँ स्थानमा पर्छ । विशेष गरी ‘एचपीभी–नेगेटिभ’ प्रकारका बिरामीमा उपचार जटिल मानिने भएकाले यो उपलब्धिलाई अझ महत्वपूर्ण मानिएको छ ।

फोक्सो, पेट र मस्तिष्क क्यान्सरमा पनि अध्ययन जारी
अमेरिकी औषधि कम्पनी जोनसन एन्ड जोनसनद्वारा विकसित यो उपचार विधिको परीक्षण फोक्सोको क्यान्सर भएका बिरामीमा पनि भइरहेको छ । प्रारम्भिक नतिजाले त्यहाँ पनि सकारात्मक संकेत देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

हाल फोक्सो, मलाशय, मस्तिष्क, पेट तथा अन्य प्रकारका क्यान्सरका लागि करिब ६० वटा छुट्टाछुट्टै क्लिनिकल परीक्षण सञ्चालन भइरहेका छन् । ती अध्ययनको नतिजाले यो उपचारलाई व्यापक रूपमा प्रयोगमा ल्याउन सकिने वा नसकिने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

वैज्ञानिकहरूका अनुसार एमिभान्टामाबले क्यान्सरविरुद्ध एकैपटक तीनवटा माध्यमबाट काम गर्छ । पहिलो, यसले क्यान्सर कोषिकाको वृद्धि र विस्तारमा सहयोग गर्ने ईजीएफआर नामक प्रोटिनलाई निष्क्रिय बनाउँछ । दोस्रो, उपचारबाट बच्न क्यान्सर कोषिकाले प्रयोग गर्ने (मिट) नामक जैविक मार्ग (पाथवे) बन्द गरिदिन्छ । त्यस्तै, बिरामीको आफ्नै रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर क्यान्सर कोषिकामाथि आक्रमण गर्न उत्प्रेरित गर्छ ।

विशेषज्ञहरूका अनुसार यही तीन तहको संयुक्त प्रभावका कारण यो उपचार अन्य विधिभन्दा बढी प्रभावकारी देखिएको हो ।

यो उपचार सहज उपचार, कम साइड इफेक्ट रहेको बताइएको छ । धेरैजसो क्यान्सर उपचार अस्पतालमा भर्ना भएर घण्टौंसम्म सलाइनमार्फत औषधि दिनुपर्ने प्रकृतिका हुन्छन् । तर ‘एमिभान्टामाब’ भने छालामुनि सानो सुईमार्फत दिइने भएकाले बिरामीले बाह्यरोगी सेवा ओपीडीबाटै उपचार लिन सक्नेछन् ।

प्रत्येक तीन सातामा एकपटक दिइने यो उपचारमा गम्भीर साइड इफेक्टको दर पनि न्यून रहेको अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यो उपलब्धिलाई क्यान्सर उपचारको दिशामा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् । तर, यसलाई तत्काल ‘क्यान्सरको पूर्ण उपचार’ घोषणा गर्न भने हतारो गर्न नहुने बताएका छन् ।

अनुसन्धान अझै क्लिनिकल परीक्षणकै चरणमा रहेको र दीर्घकालीन प्रभाव, सुरक्षा तथा विभिन्न प्रकारका क्यान्सरमा यसको प्रभावकारिताबारे थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ । द गार्जियनबाट ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group