ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति छानबिन आयोगमा उजुरीको बाढी: दुई सातामै २५० भन्दा बढी दर्ता


एबीसी न्यूज
२० जेष्ठ २०८३, बुधबार   ११ : १२   बजे

काठमाडौं २० जेष्ठ । सम्पत्ति छानबिन आयोगमा उच्चपदस्थ सरकारी तथा सार्वजनिक पदाधिकारीविरुद्ध पछिल्लो दुई साताको अवधिमा २५० भन्दा बढी उजुरी दर्ता भएका छन्।

आयोगका अनुसार ती उजुरीहरू सिलबन्दी अवस्थामा प्राप्त भएका छन् र केही साताभित्र खोलेर विस्तृत अध्ययन गरिनेछ।

आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२ चैत मसान्तसम्मको अवधिलाई आधार बनाएर छानबिन प्रक्रिया अघि बढाएको छ। सोहीअनुसार करिब ५० हजार कर्मचारी तथा पदाधिकारी छानबिनको दायरामा पर्ने अनुमान गरिएको छ।

आयोगमा अहिले दैनिक करिब एक हजारको हाराहारीमा सरकारी कर्मचारीहरूले सम्पत्ति विवरण बुझाउन आउने गरेका छन्। आयोगका प्रवक्ता गणेश केसीका अनुसार बिहानको समयमा सेवाग्राहीको भीड बढी हुने गरेको छ।

प्रवक्ता केसीले कतिपय व्यक्तिहरूले उजुरी लिएर प्रत्यक्ष रूपमा कार्यालयमै उपस्थित हुने तथा इमेलमार्फत पनि उजुरी दिने गरेको बताए। उनका अनुसार उजुरीहरू सबै सिलबन्दी भएकाले तत्काल विवरण सार्वजनिक गर्न मिल्दैन।

आयोगले विदेशमा रहेका व्यक्तिहरूका लागि पनि विशेष व्यवस्था गरेको छ। उनीहरूले आयोगको इमेलमार्फत जानकारी दिएपछि नेपाल आएपछि दुई हप्ताभित्र सम्पत्ति विवरण बुझाउन सक्ने व्यवस्था गरिएको छ।

छानबिनको दायरामा पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वसांसद, पूर्वन्यायाधीश, सुरक्षा निकायका उच्च अधिकारी तथा संवैधानिक निकायका पदाधिकारीहरू परेका छन्।

आयोगका अनुसार २०६२/६३ पछि अवकाश प्राप्त विशिष्ट श्रेणीका सचिव, सहसचिव, प्रहरी तथा सेनाका उच्च पदाधिकारी, न्यायाधीश लगायत हजारौँ पूर्वपदाधिकारी पनि निगरानीमा रहेका छन्।

आयोगले पहिलो चरणमा २०६२/६३ देखि २०८२ सम्मको सम्पत्ति छानबिन गर्ने र त्यसपछि आवश्यकता परे २०४८ सालदेखिको पनि छानबिन विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group