ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु


एबीसी न्यूज
२१ जेष्ठ २०८३, बिहिबार   ८ : २२   बजे

काठमाडौं २१ जेष्ठ । भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको माइकासा इन होटलमा बुधवार भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परी अन्य धेरै व्यक्ति घाइते भएका छन् । अग्नि नियन्त्रण विभागका एक अधिकारीले ३५ जनाभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई उपचारका लागि स्थानीय तीनवटा अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूकाअनुसार होटलको भुइँतलाबाट शुरु भएको आगो द्रुत गतिमा भवनको माथिल्लो तलासम्म फैलिएको थियो । उक्त होटल स्वीकृत मापदण्डविपरीत निर्माण गरिएको पाइएको छ । ६ वटा कोठाका लागि मात्र अनुमति प्राप्त सो बहुतले भवनमा नियमविपरीत २५ वटा कोठा बनाइएको स्रोतले जनाएको छ । एक प्रत्यक्षदर्शीका अनुसार होटलमा आपत्कालीन निकासको उचित व्यवस्था नभएका कारण आगलागीका बेला मानिसहरू ज्यान जोगाउन माथिल्लो तलामा भागेका थिए । ज्यान जोगाउने क्रममा केही व्यक्तिहरूले भवनबाट हामफालेको समेत देखिएको थियो । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu