ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतद्वारा १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १७ वटा ड्रोन खसालिएको पुष्टि


एबीसी न्यूज
२१ जेष्ठ २०८३, बिहिबार   ८ : ३४   बजे

काठमाडौं २१ जेष्ठ । कुवेतको रक्षा मन्त्रालयले आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेका १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १७ वटा ड्रोनलाई सशस्त्र फौजले सफलतापूर्वक निष्कृय पारेको जनाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता साउद अल–अतवानले विभिन्न आवासीय क्षेत्रमा देखिएका ती क्षेप्यास्त्र र ड्रोनहरूलाई सेनाले बीचैमा रोकेको जानकारी दिनुभयो । प्रवक्ता अल–अतवानकाअनुसार सेनाले ती हातहतियारलाई आकाशमै नष्ट गरे पनि त्यसका केही अवशेषहरू विभिन्न स्थानमा खसेका छन् । कुवेतले यस घटनालाई खाडी मुलुकमाथि इरानले गर्दै आएको निरन्तर आक्रमणको एक हिस्सा भएको दाबी गरेको छ। राष्ट्रिय सुरक्षाको रक्षाका लागि सशस्त्र बललाई उच्च शतर्कतामा राखिएको समेत मन्त्रालयले जनाएको छ । यसैबीच, कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–४  बाट हुने कुवेत एयरवेजका सबै उडानहरू पुनः सुचारु भएको घोषणा गरेको छ । यसअघि भएको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको र ६३ जना घाइते भएपछि उडान सेवा प्रभावित भएको थियो । विमानस्थलका भौतिक संरचनामा क्षति पुगेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बुधवार बिहान हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो । विशेषज्ञ टोली र सम्बन्धित अधिकारीहरूले विस्तृत प्राविधिक मूल्याङ्कन र निरीक्षण गरी टर्मिनलको सुरक्षा अवस्था सुनिश्चित गरेपछि उडान सेवा पुनः सञ्चालनमा ल्याइएको डीजीसीएले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu