ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु


एबीसी न्यूज
२१ जेष्ठ २०८३, बिहिबार   ९ : १०   बजे

काठमाडौं २१ जेष्ठ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले विभिन्न शहर र सवारी साधनलाई लक्षित गरी यी घातक प्रहारहरू गरेको हो । आक्रमणको विवरणअनुसार क्लाया शहरमा एउटा गुडिरहेको सवारी साधनलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक पुरुष र उनका दुई सन्तानको मृत्यु भएको छ । त्यस्तै, रामादिये शहरमा भएको अर्को ड्रोन प्रहारमा एक जनाको ज्यान गएको छ । मङ्गलवार ढिलो गरी डुआयर शहरका आवासीय घरहरूमा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एब्बा शहरमा भएको ड्रोन आक्रमणमा एक नागरिकको मृत्यु भएको छ भने एक सिरियाली नागरिकसहित दुई जना घाइते भएका छन्। यसैगरी, हबौश राजमार्गमा एउटा सवारी साधनमा गरिएको ड्रोन प्रहारमा एक नागरिकको मृत्यु भएको छ भने दुई लेबनानी सैनिक घाइते भएका छन् । इजरायली ड्रोनले नबातीह र कफर सिरमा गरेका छुट्टाछुट्टै आक्रमणमा पनि एक–एक जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । यसैबीच, लेबनानी सशस्त्र समूह हिजबुल्लाहले दक्षिण लेबनानमा इजरायली सेना विरुद्ध रातभर श्रृङ्खलावद्ध आक्रमण गरेको जनाएको छ । देशको वर्तमान स्थितिबारे टिप्पणी गर्दै लेबनानका राष्ट्रपति जोसेफ आउनले एक विज्ञप्ति जारी गरी द्वन्द्व सुरु भएयता लेबनानमा ३ हजार भन्दा बढी मानिसले ज्यान गुमाएको र १० लाखभन्दा बढी विस्थापित भएको जानकारी दिनुभयो । लेबनानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रकाअनुसार गत मार्च २ देखि जुन २ सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ३ हजार ४ सय ६८ पुगेको छ भने १० हजार ५ सय ७७ जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu