ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जितः स्वीडेन ५–१ ले पराजित– गाक्पो र ब्रोबीको दुई–दुई गोल


एबीसी न्यूज
७ असार २०८३, आइतबार   ९ : ३८   बजे

काठमाडौं, ७ असार । कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई–दुई गोल गरेपछि जारी विश्वकपमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार राति ह्युस्टन रंगशालामा ६९ हजार दर्शकमाझ निकालेको सानदार जितसँगै डच टोली नकआउट चरणको नजिक पुगेको छ ।

पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको रोनाल्ड कोम्यानको टोलीले यो जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । समान खेलबाट स्वीडेनको ३, जापानको १ र ट्युनिसियाको शून्य अंक छ ।

खेलमा पराजित भए पनि स्वीडेनले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो, तर डच गोलकिपरको उत्कृष्ट बचाउ र फितलो फिनिसिङका कारण उनीहरू चुके ।

यस खेलमा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका स्ट्राइकर ब्रोबीले खेलको पाँचौं र १७ औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । २४ वर्षीय ब्रोबीले तीन वर्षअघि डेब्यु गरेयता देशका लागि यसअघि मात्र एक गोल गरेका थिए ।

प्रिमियर लिगका स्टार खेलाडीले भरिएको यस खेलमा लिभरपुलका स्टार कोडी गाक्पोले दोस्रो हाफको सुरुवातमै दुई गोल थपे । उनले खेलको पहिलो गोलका लागि ब्रोबीलाई पास समेत उपलब्ध गराएका थिए ।

खेलको एक घण्टा जति पुग्न लाग्दा एन्थोनी एलाङ्गाले स्वीडेनका लागि एक सान्त्वना गोल फर्काए । तर, खेलको अन्त्यतिर वेस्टह्यामका क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको ५–१ को फराकिलो जित पक्का गरे ।

खेल हेर्न ह्युस्टनको ऐतिहासिक ‘आर्टेमिस २’ चन्द्र मिसनका दुई चालक दलका सदस्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । साथै, डच राजा विलेम(अलेक्जेन्डर र सुन्तला रङको जर्सीमा सजिएका डच समर्थकको बाक्लो उपस्थितिमा नेदरल्यान्ड्सले आक्रामक सुरुवात गरेको थियो ।

पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले नै हराएको स्वीडेनका डिफेन्डरले ब्रोबीको शारीरिक शक्तिको सामना गर्न सकेनन् । अर्कोतर्फ, स्वीडेनका महँगा र नाम चलेका स्ट्राइकर अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेसले खेलभरि गोल गर्ने खासै मौका पाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu