ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक


एबीसी न्यूज
८ असार २०८३, सोमबार   १२ : २२   बजे

काठमाडौं ८ जेठ । इजिप्ट, पाकिस्तान, साउदी अरब र टर्कीका विदेशमन्त्रीहरूले आईतवार कायरोमा संयुक्त राज्य अमेरिका र इरानबीच हालै सम्पन्न शान्ति समझदारीका विषयमा केन्द्रित रहेर छलफल गरेका छन् । बैठकपछि जारी गरिएको एक संयुक्त विज्ञप्तिमा विदेशमन्त्रीहरूले अमेरिका–इरान समझदारीको स्वागत गर्दै यसलाई क्षेत्रीय तनाव कम गर्नका लागि एक रचनात्मक कदमका रूपमा व्याख्या गरेका छन् । यस सम्झौताले क्षेत्रीय सुरक्षा, स्थिरता, ऊर्जा बजार, अन्तर्राष्ट्रिय समुद्री मार्ग र विश्वव्यापी आपूर्ति श्रृंखलामा उत्पन्न जोखिमहरू न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मन्त्रीहरूले यस समझदारीलाई सहज बनाउन भूमिका खेल्ने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पक्षहरूको प्रयासको प्रशंसा गर्दै सम्बन्धित पक्षहरूलाई आ–आफ्नो प्रतिवद्धता इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् । साथै, बाँकी रहेका मुद्दाहरूको दिगो, प्रमाणीकरण योग्य र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्न वार्ताको आगामी चरणलाई द्रुत गतिमा सफल निष्कर्षमा पु¥याउनुपर्नेमा उनीहरूले जोड दिए । 
क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्नका लागि खाडी अरब मुलुक र लेभान्ट क्षेत्रका देशहरूको सुरक्षा चासोलाई सम्बोधन गरिनुपर्ने मन्त्रीहरूको धारणा थियो । गत हप्ता मात्र इरान, अमेरिका र पाकिस्तानले लेबनानसहित यस क्षेत्रमा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारी पत्रलाई अन्तिम रूप दिएका थिए । 
यसैबीच, मन्त्रीहरूले प्यालेस्टिनी मुद्दा यस क्षेत्रमा न्यायपूर्ण, व्यापक र दिगो शान्ति स्थापनाका लागि केन्द्रबिन्दु रहेको उल्लेख गरेका छन् । उनीहरूले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र ४ जुन १९६७ को सिमानाका आधारमा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने वैध अधिकारप्रति आफ्नो समर्थन पुनः दोहो¥याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu