ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त


एबीसी न्यूज
८ असार २०८३, सोमबार   १२ : २८   बजे

काठमाडौं ८ जेठ । दक्षिण लेबनानको नबातियेह शहरमा इजरायली हवाई आक्रमणका कारण ठूलो भौतिक क्षति भएको छ । इजरायलले युद्धविरामको घोषणा गरेको भोलिपल्ट आइतबार स्थानीय बासिन्दाहरूले आफ्ना क्षतिग्रस्त घर र व्यवसायहरूको निरीक्षण गरेका छन् भने उद्धार टोलीहरूले भग्नावशेषमा खोजी र पुनःप्राप्ति कार्यलाई निरन्तरता दिएका छन् । शहरबाट प्राप्त दृश्यहरूमा लेबनानको केन्द्रीय बैंक (सेन्ट्रल बैंक अफ लेबनान) को नबातियेह शाखाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिएको छ । सडकहरूमा भग्नावशेष छरिएका छन् भने स्काभेटर र सफाइ कर्मचारीहरू सडक सफा गर्न परिचालन गरिएका छन् । सुरक्षा व्यवस्था चुस्त राख्न लेबनानी सेनाले विभिन्न क्षेत्रमा सैन्य सवारी साधनसहित गस्ती बढाएको छ ।
लेबनानी नागरिक रक्षा दलले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नबातियेह क्षेत्रमा व्यापक खोज, उद्धार र चिकित्सा अपरेसन सञ्चालन गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषबाट ६ जनाको शव निकालेका छन् भने ८ जना घाइतेलाई उपचारका लागि अस्पताल पु¥याएका छन् । टोलीले विभिन्न स्थानमा लागेको आगो निभाउनुका साथै बमबारीका कारण अवरुद्ध भएका सडकहरू समेत खुलाएको छ । 
लेबनानका अर्थमन्त्री यासिन जाबेरले सरकारी संस्थामाथि भएको यस आक्रमणको कडा निन्दा गर्नुभएको छ। उहाँले इजरायली आक्रमणले केन्द्रिय बैंकको शाखासहित थुप्रै महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको बताउनु भयो । मन्त्री जाबेरकाअनुसार उक्त बैंक शाखा यस क्षेत्रको वित्तीय जीवनरेखाका रूपमा सञ्चालित थियो, जसले अत्यावश्यक राहत र सहायता कार्यमा सहयोग पु¥याउँदै आएको थियो । 
केन्द्रिय बैंकले जारी गरेको विज्ञप्तिमा उक्त भवनलाई योजनाबद्ध रूपमा निशाना बनाइएको उल्लेख छ । आक्रमणको समयमा भवन खाली रहेकाले कर्मचारी वा सुरक्षाकर्मीमाथि कुनै मानवीय क्षति नभए पनि भौतिक सम्पतीमा गम्भीर क्षति पुगेको बैंकले जनाएको छ। लेबनानी अधिकारीहरूले यस घटनाको निष्पक्ष छानबिन र भविष्यमा यस्ता आक्रमण रोक्न माग गर्दै औपचारिक उजुरी दर्ता गरेका छन् । 
यसैबीच, लेबनानी सेनाले टायर जिल्लाको क्लैलेहस्थित सैन्य चौकीमा भएको इजरायली आक्रमणमा घाइते भएका कर्पोरल समिर अल–अब्दको उपचारका क्रममा मृत्यु भएको घोषणा गरेको छ ।
ठूलो विनाशका बाबजुद नबातियेहमा जनजीवन बिस्तारै सामान्य लयमा फर्कने प्रयास गरिरहेको छ । स्थानीय बासिन्दाहरू आफ्ना व्यवसाय सफा गर्न जुटेका छन् भने सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको छ । यद्यपि, इजरायली सेनाप्रति अविश्वास व्यक्त गर्दै स्थानीयहरूले अझै पनि सतर्कता अपनाइरहेका छन् । 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार युद्धविरामको घोषणा गरेसँगै दक्षिण लेबनानमा अहिले सावधानीपूर्ण शान्ति छाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu