ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता


एबीसी न्यूज
८ असार २०८३, सोमबार   १२ : ३१   बजे

काठमाडौं ८ जेठ । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) का दुई प्रमुख कम्पनीहरूले नयाँ कायरोमा ३.१ अर्ब अमेरिकी डलरभन्दा बढीको बृहत् एकीकृत शहरी परियोजना विकास गर्न एक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । इजिप्टको मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिअनुसार, नयाँ कायरोको मडा सिटीमा निर्माण हुने यस परियोजनाका लागि इजिप्टको मिदार फर इन्भेष्टमेन्ट एण्ड अर्बन डेभलपमेन्ट र युएईस्थित माजिद अल फुतैम होल्डिङबीच साझेदारी भएको हो । यो परियोजना कुल ५५३ फेडान (करिव २.३२ वर्ग किलोमिटर) क्षेत्रफलमा फैलिनेछ । हस्ताक्षर समारोहमा सहभागी इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबोलीले यस परियोजनालाई निजी क्षेत्रको साझेदारीको एक सफल नमूनाको रूपमा चित्रण गर्नुभयो । उहाँले यति ठूलो स्तरको परियोजना प्रत्यक्ष रूपमा करिव ९० देखि ९५ वटा विभिन्न उद्योग र सेवाहरूसँग जोडिने उल्लेख गर्दै यसबाट लाखौं इजिप्टेली युवा तथा कामदारहरूका लागि दिगो रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । 
समारोहमा माजिद अल फुतैम होल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहमद जलाल इस्माइलले सन् १९९० को दशकदेखि इजिप्टका १९ वटा प्रान्तमा आफ्नो कम्पनीको लगानी २.८ अर्ब डलर नाघिसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार यस लगानीबाट हालसम्म २ लाख २६ हजारभन्दा बढी रोजगारी सिर्जना भइसकेका छन् । 
त्यसैगरी, मिदारका प्रबन्ध निर्देशक एवं सीईओ आयमान एल्कुसीले यस नयाँ परियोजनाबाट भविष्यमा ४० अर्ब इजिप्टेली पाउन्ड (करिव ८३ करोड अमेरिकी डलर) भन्दा बढी प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको बताउनु भयो । उनले मिदारले इजिप्टमा ४६ वटा विकास परियोजनाहरू कार्यान्वयनका लागि हालसम्म २९ भन्दा बढी विकासकर्ताहरूलाई आकर्षित गरिसकेको समेत जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu