ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ११ : ३८   बजे

काठमाडौं १० असार । हंगेरीको गोडोलोमा मंगलवार सम्पन्न भिसेग्राद समूहका नेताहरूको शिखर सम्मेलनले क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने र युरोपेली संघसँग सम्बन्धित मामिलाहरूमा समन्वय प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । सम्मेलनमा हंगेरीका प्रधानमन्त्री पिटर माग्यर, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिसले भी–४ लाई अझ सशक्त बनाउने संकल्प दोहो¥याउनुभएको छ । नेताहरूले युरोपेली नीतिहरू निर्धारण गर्न र साझा क्षेत्रीय हितलाई प्रवद्र्धन गर्न यस समूहले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । 
हंगेरीका प्रधानमन्त्री माग्यरका अनुसार, युरोपेली परिषद्का बैठकहरू अगाडि नियमित परामर्श गर्ने र साझा चासोका विषयहरूमा एकीकृत धारणा बनाउने सहमति भएको छ । उहाँले चार राष्ट्रबीच केही मतभिन्नता भएपनि एकताका आधारहरू बढी सशक्त रहेको उल्लेख गर्दै व्यावहारिक सहयोगका लागि सबै पक्ष प्रतिबद्ध रहेको बताउनु भयो । 
शिखर सम्मेलनका क्रममा युरोपेली संघको आगामी सात वर्षे बजेटका बारेमा समेत विस्तृत छलफल भएको छ । मध्य युरोपेली देशहरूका लागि निकै महत्त्वपूर्ण मानिने कोहेजन पोलिसी साझा कृषि नीतिलाई यथावत राख्नुपर्नेमा नेताहरूबीच साझा मत देखिएको छ । सोही अवसरमा क्षेत्रीय कनेक्टिभिटीमा सुधार ल्याउन वार्सा, प्राग, ब्रातिस्लाभा र बुडापेस्टलाई जोड्ने उच्च गतिको रेल सेवाको प्रश्ताव समेत प्रश्तुत गरिएको छ । 
भी–४ को चक्रीय अध्यक्षता सम्हालेको स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो कार्यकालका लागि प्रतिष्पर्धात्मकता, आप्रवासन, ऊर्जा नीति र क्षेत्रीय सहयोगलाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गर्नुभएको छ । 
यसैगरी, सम्मेलनले भी–४ संरचनाभित्र सांस्कृतिक र नागरिक समाज तहमा हुने आदानप्रदानलाई निरन्तरता दिने महत्वमा जोड दिएको छ । बैठकमा भी–४ प्लस ढाँचाको भविष्यका बारेमा पनि छलफल भएको थियो । जसअन्तर्गत आवश्यकता र विषयवस्तुका आधारमा युरोपेली संघ बाहिरका मुलुकहरूलाई समेत साझेदारका रूपमा सहभागी गराउन सकिने प्रधानमन्त्री माग्यरले स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu