ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ११ : ४३   बजे

काठमाडौं १० असार । सिड्नीस्थित स्वतन्त्र थिङ्क ट्याङ्क लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको वार्षिक सर्वेक्षणअनुसार विश्वमञ्चमा जिम्मेवार ढंगले प्रश्तुत हुने मामिलामा अमेरिकाप्रति अस्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमा न्युन बिन्दुमा पुगेको छ । इन्स्टिच्युटले सार्वजनिक गरेको २० औँ वार्षिक सर्वेक्षण प्रतिवेदनकाअनुसार सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशतले विश्वव्यापी मञ्चमा अमेरिकाको भूमिकाप्रति ‘रत्तीभर विश्वास नभएको’ प्रतिक्रिया दिएका छन् । त्यसैगरी, ३० प्रतिशत सहभागीले अमेरिकाप्रति ‘धेरै विश्वास नभएको’ बताएका छन् । लोवी इन्स्टिच्युटले विगत दुई दशकदेखि गर्दै आएको यस वार्षिक सर्वेक्षणको इतिहासमै अमेरिकाप्रतिको यो सबैभन्दा न्यून स्तरको विश्वास हो । तथ्याङ्कअनुसार सन् २०२२ यता अमेरिकाप्रति अविश्वास गर्ने अस्ट्रेलियालीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०२२ मा ३५ प्रतिशत उत्तरदाताले मात्र अमेरिकाप्रति अविश्वास (रत्तीभर वा धेरै विश्वास नभएको) व्यक्त गरेकोमा हाल सो संख्या बढेर ६८ प्रतिशत पुगेको छ । यसका साथै अस्ट्रेलियाको सुरक्षाका लागि अमेरिकासँगको सैन्य वा रणनीतिक गठबन्धन ’अत्यन्त महत्वपूर्ण’ रहेको ठान्नेहरूको संख्यामा पनि गिरावट आएको छ । सन् २०२२ मा ६० प्रतिशतले यस गठबन्धनलाई उच्च प्राथमिकता दिएकोमा हाल यो संख्या ४२ प्रतिशतमा खुम्चिएको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu