ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ११ : ५६   बजे

काठमाडौं १० असार । पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी र पाकिस्तानको औपचारिक भ्रमणमा रहेका इरानी राष्ट्रपति मसुद पेजेस्कियानले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ । मंगलवार भएको उच्चस्तरीय वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरूले क्षेत्रीय शान्ति र सुरक्षा, द्विपक्षीय तथा क्षेत्रीय कनेक्टिभिटी र आर्थिक सहयोग लगायतका विविध विषयमा गहन छलफल गरेको पाकिस्तानको राष्ट्रपति कार्यालयले जनाएको छ । इरानी राष्ट्रपतिको रूपमा पेजेस्कियानको पहिलो पाकिस्तान भ्रमणलाई स्वागत गर्दै राष्ट्रपति जरदारीले यस भ्रमणले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक र भ्रातृ सम्बन्धलाई प्रतिविम्बित गरेको बताउनु भयो । उहाँले चुनौतीपूर्ण र सुखद् दुवै समयमा दुई राष्ट्र एकसाथ उभिने दृढ संकल्प समेत व्यक्त गर्नुभयो । 
उक्त अवसरमा राष्ट्रपति जरदारीले अमेरिका र इरानबीचको शान्ति प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले सम्पन्न ‘इस्लामावाद समझदारी पत्र’ का लागि इरानी राष्ट्रपतिलाई बधाई दिनुभयो । उहाँले हाल जारी प्राविधिक तहको वार्ताले यस क्षेत्रमा स्थायी शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । 
पाकिस्तानले इरानको शान्ति, स्थिरता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो सैद्धान्तिक समर्थन रहेको पुनः स्पष्ट पारेको छ । राष्ट्रपति जरदारीले क्षेत्रीय र विश्वव्यापी चुनौतीहरूको समाधानका लागि संवाद र कुटनीति नै सबैभन्दा प्रभावकारी माध्यम भएको कुरामा जोड दिनुभयो ।
जवाफमा इरानी राष्ट्रपति पेजेस्कियानले शान्ति र संवादको पक्षमा पाकिस्तानले खेल्दै आएको रचनात्मक भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले हालैका चुनौतीपूर्ण परिस्थितिहरूमा इस्लामावादले प्रदान गरेको सहयोगप्रति आभार प्रकट गर्दै तेहरानले पाकिस्तानसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सुरक्षा र क्षेत्रीय मामिलाहरूमा सहकार्यको दायरा विस्तार गर्न इरान तत्पर रहेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu