ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ११ : ३६   बजे

काठमाडौं ११ आसार । पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कुटनीतिप्रति आफ्नो प्रतिवद्धता दोहो¥याउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने संकल्प गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियानको भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको जानकारी दिनुभएको हो । इरानी राष्ट्रपतिको बिदाइपछि जारी वक्तव्यमा प्रधानमन्त्री सरिफले दुई नेताबीच क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा अत्यन्तै सौहार्दपूर्ण र फलदायी छलफल भएको उल्लेख गर्नुभएको छ । संयुक्त राज्य अमेरिका र इरानबीच इस्लामावाद समझदारी पत्रमा हस्ताक्षर भएपछि तथा स्विजरल्याण्डको बुर्जेनस्टकमा प्राविधिक वार्ताको पहिलो चरण सम्पन्न भएयता दुई नेताबीच भएको यो पहिलो भेटवार्ता हो । छलफलका क्रममा दुवै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्ने साझा प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री सरिफका अनुसार दुवै देशले बाँकी रहेका असमझदारी र समस्याहरूलाई संवाद तथा कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन् । प्रधानमन्त्री सरिफले पाकिस्तानलाई एक असल मित्र, छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग निकट रहेर काम गर्न इस्लामावाद सदैव प्रतिवद्ध रहेको समेत बताउनु भयो । 
दुवै पक्ष आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन सहमत भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंको बाँसबारीमा साढे दुईतले घर भासियो, मानवीय क्षति छैन

प्रधानन्यायाधीश शर्मा पोखरामा, जेनजी आन्दोलनमा क्षतिग्रस्त अदालत भवनको निरीक्षण

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu