ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ११ : ४०   बजे

काठमाडौं ११ आसार । इरानको विदेश मन्त्रालयले अमेरिकाले इरानी कच्चा तेल, पेट्रोकेमिकल्स र पेट्रोलियम उत्पादनहरूको निर्यातमा लगाइएको प्रतिवन्ध हटाउँदै जनरल लाइसेन्स जारी गरेको जानकारी दिएको छ । यससँगै इरानको विदेशमा रोक्का रहेको सम्पती अब बिना अवरोध प्रयोग गर्न पाइने भएको छ । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकाले जारी गरेको उक्त अनुमति सोमवारदेखि नै प्रभावकारी भएको बताउनु भयो । उहाँले रोक्का सम्पती फुकुवा गर्ने सम्बन्धमा दुई पक्षबीच ठोस सहमति भइसकेको उल्लेख गर्नुभयो । प्रवक्ता बाघेईले इरानको रक्षात्मक क्षमता र क्षेप्यास्त्र कार्यक्रमका विषयमा कुनैपनि पक्षसँग सम्झौता नहुने स्पष्ट पार्नुभयो । यसका साथै इजरायली आक्रमणको निशानामा परेका भनिएका आफ्ना आणविक केन्द्रहरूको निरीक्षणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायलाई अनुमति दिने इरानको कुनै योजना नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । 
यी पछिल्ला घटनाक्रमहरू इरानी राष्ट्रपति मसूद पेजेस्कियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत बिहीवार भएको समझदारी पत्रमा हस्ताक्षर भएपछि विकास भएका हुन् । लेबनान लगायतका विभिन्न क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ दुई देशका राष्ट्रप्रमुखहरूले डिजिटल माध्यमबाट उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंको बाँसबारीमा साढे दुईतले घर भासियो, मानवीय क्षति छैन

प्रधानन्यायाधीश शर्मा पोखरामा, जेनजी आन्दोलनमा क्षतिग्रस्त अदालत भवनको निरीक्षण

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu