ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ७ : ०५   बजे

काठमाडौं, १४ असार । जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ । युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशहरूमा बढ्दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्रसमेत सङ्कटमा परेका छन् ।

युरोपका धेरै देशहरूले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन् । जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विट्जरल्यान्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ । जर्मनीमा तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ भने स्विट्जरल्यान्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ । स्पेनमा जुन २१ यता अत्यधिक गर्मीका कारण २ सयभन्दा बढी व्यक्तिको ज्यान गएको छ । फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान जाने हुने घटनासमेत बढेका छन् ।

हजारौँ विद्यालयको पठनपाठन प्रभावित भएको, रेल सेवा अवरुद्ध भएको, सडक चर्किएका तथा विद्युत् उत्पादनमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो । विज्ञहरूले यस्ता गर्मीका लहरहरू दुई दशकअघिको तुलनामा झण्डै १०० गुणाभन्दा बढी भएका बताएका छन् । स्विट्जरल्यान्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन् । कम हिमपात, बढ्दो तापक्रम र सहारा मरुभूमिबाट उडेर आएको धुलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ्ने अनुमान गरिएको छ । युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ्दै गएका छन् ।

दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढेको अध्ययनहरूले देखाएका छन् । यसैबीच, लन्डनमा सम्पन्न जलवायु सम्मेलनमा विश्व नेताहरूले अत्यधिक गर्मी अब केवल वातावरणीय समस्या मात्र नभई राष्ट्रिय सुरक्षा, खाद्य सुरक्षा, ऊर्जा आपूर्ति र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विश्वव्यापी चुनौती बनेको बताएका छन् । सम्मेलनले हरित गृह ग्यास उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको विस्तार गर्ने तथा जलवायु अनुकूल पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ । विज्ञहरूले समयमै प्रभावकारी कदम नचालिए आगामी वर्षहरूमा यस्ता घातक गर्मीका लहरहरू अझ तीव्र, लामो र विनाशकारी बन्दै जाने चेतावनी दिएका छन् । उनीहरूका अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायले तत्काल समन्वित र प्रभावकारी प्रयास गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu