ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ३ : ४८   बजे

काठमाडौँ – नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अब केवल गफ गरेर नहुने चेतावनी दिएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट शक्तिहरूले आफ्नो कमजोरीको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिए।

‘आत्मसमीक्षाको विकल्प छैन’

नेता नेपालले कम्युनिस्ट पार्टीहरूले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न नसकेको वा पार्टीभित्र विकृतिहरू मौलाएको भन्दै यस विषयमा गहिरो आत्ममन्थन आवश्यक रहेको बताए। उनले प्रश्न गरे, “हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न सकेनौं, या हामीमा के के विकृति आए? यसको आत्मसमीक्षा गरौं”।

उनका अनुसार, नेपालका सम्पूर्ण कम्युनिस्ट घटकहरूले एकजुट हुने हो भने विगतका गल्तीहरू स्वीकार गर्दै अगाडि बढ्नुको विकल्प छैन।

‘व्यक्तिवादी प्रवृत्तिले आन्दोलन कमजोर’

आन्दोलन कमजोर हुनुको कारण सिद्धान्तको अभावभन्दा पनि नेताहरूमा देखिएको ‘मै हुँ’ भन्ने अहङ्कार र भ्रष्टाचारजन्य प्रवृत्ति रहेको उनको ठम्याइ छ। उनले भने, “विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादीताले रु मै हुँ भन्ने प्रवृत्तिले, भ्रष्टाचार गर्ने प्रवृत्तिले रु के के कारणले हो रु”।

मदन भण्डारीको स्मरण र एकतामा जोड

मदन भण्डारीको विचारलाई स्मरण गर्दै उनले मदन भण्डारीले सधैँ वास्तविकताको धरातलमा रहेर चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भनी सिकाएको बताए। उनले थपे, “मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन। हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ”।

कार्यक्रममा उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज) का कतिपय पक्षहरू आजको युगमा पनि उत्तिकै सान्दर्भिक रहेको र तिनलाई ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu