ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ७ : ०१   बजे

काठमाडौं, १४ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यले विभिन्न षड्यन्त्र भइरहेको दाबी गर्दै एमाले आफ्ना सिद्धान्त, नीति र संगठनात्मक एकताका कारण त्यस्ता प्रयास असफल पार्न सक्षम रहेको बताउनुभएको छ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतान्त्रिक शक्तिहरूलाई एक हुन नदिन विगतमा नेपाली कांग्रेस फुटाइएको दाबी गर्दै एमालेलाई पनि कमजोर पार्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो। तर जनताको बहुदलीय जनवादको सिद्धान्तबाट निर्देशित एमाले कुनै पनि बाह्य हस्तक्षेपबाट प्रभावित नहुने उहाँको भनाइ थियो।

उहाँले पछिल्लो निर्वाचनमा एमालेले अपेक्षित परिणाम हासिल गर्न नसके पनि पार्टी समाप्त नभएको स्पष्ट पार्दै निर्वाचनको नतिजा केवल एउटा ‘धक्का’ मात्र भएको उल्लेख गर्नुभयो। “हामी लडेका हौँ, मरेका होइनौँ,” भन्दै उहाँले एमाले पुनः सशक्त रूपमा उठेर प्रतिगामी शक्तिलाई लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट पराजित गर्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई प्रतिगामी षड्यन्त्रको संज्ञा दिँदै त्यसले वैधानिक सरकारलाई असंवैधानिक रूपमा विस्थापित गरेको दाबी गर्नुभयो। लोकतान्त्रिक प्रक्रियाविपरीत सरकार परिवर्तनलाई कुनै पनि हालतमा लोकतान्त्रिक आन्दोलन मान्न नसकिने उहाँको भनाइ थियो।

सरकारमा रहँदा आफूहरूले देशलाई बर्बाद नगरेर विकासको दिशामा अघि बढाएको जिकिर गर्दै उहाँले केही कमजोरी भए पनि त्यसको आत्मसमीक्षा गर्न तयार रहेको बताउनुभयो। देशको प्रगति राजनीतिक आरोप–प्रत्यारोपबाट नभई विकासका सूचकका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

ओलीले एमालेले आर्थिक, सामाजिक र परराष्ट्र नीतिमा असाधारण काम गरेको दाबी गर्दै पार्टीको नीति ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। वाम एकताको कुरा नीति परिवर्तनका लागि नभई मुलुकमा बढ्दो प्रतिगमनको सामना गर्न आवश्यक भएको भन्दै उहाँले राष्ट्रिय सुरक्षा, स्थायित्व र समृद्धिलाई एमालेको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन

सम्बन्धित

बालेन सरकार बनेयता ६ सय कर्मचारीले दिए राजीनामा

प्रचण्डको विश्लेषण– यो सरकार त्यति लामो जाँदैन

राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट

विश्वकपको अन्तिम ३२ मा जर्मनी र पाराग्वे भिड्दै, प्रिक्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu