ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज राष्ट्रिय धान दिवस


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ६ : ४७   बजे

काठमाडौं, १५ असार । राष्ट्रिय धान दिवस। सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरी हरेक वर्ष मनाउँदै आएको छ। यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ। यस वर्ष पानी नपर्दा धान रोपाइँ कम भएको हो।

कृषि विभाग अनुसार हालसम्म असारसम्म मुलुकभर ११।३३ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष सो अवधिमा १५।६ प्रतिशत धान रोपाइँ भएको थियो । मुलुकभर धान रोपाइँ हुने १३ लाख ९१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२।८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा २०।९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२।७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
यस्तै बागमती प्रदेशमा १२।६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९।३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८।३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

विभागका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी तिलकराज चौलागाईंले पानी नपरेकाले धान रोपाइँ कम भएको जानकारी दिनुभयो । पहाडी क्षेत्रमा धान रोपाइँ छिटो भए पनि तराईमा भने रोपाइँ ढिला हुने गर्छ।

चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा झन्डै ३८ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख ६२ हजार रुपियाँको धानचामल आयात भएको छ। गत वर्ष सो अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपियाँको धानचामल आयात भएको थियो। गत आवको तुलनामा चालु आवमा एक अर्ब १० करोड रुपियाँको कम आयात भएको छ।

चालु आवको ११ महिनामा १८ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बराबर चार लाख ६४ हजार १०२ मेट्रिक टन धान आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब ९४ करोड ७१ लाख रुपियाँ बराबरको पाँच लाख २३ हजार ८३९ मेट्रिक टन धान आयात भएको थियो।

यस्तै ११ महिनामा १९ अर्ब ३० करोड २६ लाख १० हजार रुपियाँ बराबरको दुई लाख ४७ हजार ४१८ मेट्रिक टन चामल आयात भएको छ।

गत वर्ष सो अवधिमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको दुई लाख २९ हजार ४६५ मेट्रिक चामल आयात भएको थियो।

मुलुकमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि हालको उत्पादनका आधारमा करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ।

माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा धानचामलको आयात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । भारत, चीन, सिङ्गापुर, इन्डोनेसिया, साउदी अरब, थाइल्यान्ड, भियतनामलगायतका देशबाट धानचामल आयात हुने गर्छ।

असारको दोस्रो सातासम्म पनि पानी नपर्दा बर्दियामा धान रोपेका खेत चिरा परेका छन्। बर्दियाको अधिकांश स्थानमा अझै पनि रोपाइँ सुरु भएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्क हुन आग्रह

सम्बन्धित

विश्वकप फुटबलमा सह–आयोजक क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा प्रवेश

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

टि २० मा विश्वविजेता भारतविरूद्ध आयरल्याण्डको ऐतिहासिक क्लिनस्वीप

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्क हुन आग्रह

२० वर्षको युद्ध, ५ वर्षको मौनता: अफगानिस्तानको हिसाब-किताब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu