ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव


abc tv news
१५ असार २०८३, सोमबार   ११ : ४४   बजे

काठमाडौं १५ असार । रुसको सेन्ट पिटर्सबर्ग सहरमा माध्यमिक विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीको सम्मानमा वार्षिक ‘स्कार्लेट सेल्स’ महोत्सव भव्यताका साथ आयोजना गरिएको छ । आईतवार चलेको यस विशेष समारोहमा हजारौँको संख्यामा स्नातक विद्यार्थीको सहभागिता रहेको थियो । नेभा नदीको किनारमा आयोजित यस महोत्सवमा सांगीतिक प्रश्तुति, आकर्षक आतिशबाजी र प्रसिद्ध रातो पाल भएको जहाजको परेड प्रदर्शन गरिएको थियो । आयोजककाअनुसार यस वर्ष रुसभरका करिव ६६ हजार स्नातक विद्यार्थी र विभिन्न देशका ४ सय भन्दा बढी आमन्त्रित विद्यार्थीले यस कार्यक्रममा भाग लिएका थिए । उत्सवको शुरुवात प्यालेस स्क्वायरमा आयोजित एक कन्सर्टबाट भएको थियो । जहाँ रुसका प्रख्यात गायक तथा सांगीतिक समूहहरूले आफ्नो प्रश्तुति दिएका थिए । मध्यरातपछि, रातो रङका पालहरू सजाइएको रोसिया नामक जहाज नेभा नदीमा प्रवेश गरेसँगै कार्यक्रमले उत्कर्ष रूप लिएको थियो । आतिशबाजीको मनोरम दृश्यका बीच जहाजले यात्रा गरिरहँदा विद्यार्थीहरूले उत्साहका साथ खुशीयाली मनाएका थिए । 
सन् १९६८ देखि शुरु भएको यो महोत्सव अलेक्ज्याण्डर ग्रिनको प्रसिद्ध उपन्यास स्कार्लेट सेल्सबाट प्रेरित छ । हाल यो महोत्सव सेन्ट पिटर्सबर्गको एक प्रतिष्ठित सांस्कृतिक कार्यक्रम र रुसकै सबैभन्दा प्रभावशाली शैक्षिक उत्सवका रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन

सम्बन्धित

बेलायतमा प्रधानमन्त्री बन्न लागेको बर्नहामको ‘व्यवसाय-मैत्री समाजवाद’ के हो ?

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, २९ जनाको मृत्यु

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित

स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट

म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तिर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu